काठमाडाैँ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले दलको नेताबाट राजीनामा दिएका छन ।
दल नेता नै मुख्यमन्त्री हुनु पर्नेमा उपनेतालाइ मुख्यमन्त्रि नियुक्ति भएकाे भन्दै गिरीले राजिनामा दिएका छन । उनले राजिनामा पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाए सगै दलका नेता विहिन हुनुका साथै प्रमुख सचेतक र सचेतक समेत निष्क्रिय भएका छन ।नेकपा एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले संसदीय दलको नेताले राजीनामा दिएपछि आफूहरू निष्क्रिय भएको बताएका छन ।
दलका नेताले राजिनामा दिए सगै नेकपा एमालेमा भाँड भैलाे शुरु भएकाे छ । मुख्यमन्त्रि नियुक्त भएका चेतनारायण आचार्यले बुधबार पद तथा गाेपिनियताकाे सपथ लिए सँगै उनि पार्टी भित्र अल्पमतमा परेका छन । साे समस्या समाधानका लागि केन्द्रबाट लागि परेकाे र राजिनामा फिर्ता हुन सक्ने अनुमान गरिएकाे छ ।
गिरिले मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय गरेको भन्दै संसदीय दलको नेताबाट राजीनामा दिएका हुन ।#राताे पार्टीबाट
Discussion about this post