निर्वाचन मैलै मात्र लड्नु पर्छ भन्ने छैन- प्रकाण्ड

7
SHARES
15
VIEWS

कालीकोट । पार्टीको कार्यक्रमको सिलसिलामा कालीकोट आइपुगेको पूर्व मन्त्रि तथा विप्लव नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्माले पार्टी एकता गरेर अघि बढ्नेमा क्रमस सम्बन्ध सुदृढ भएको बताएका छन ।

कालीकोट जिल्लामा गरिएको पत्रकार सम्मेलनका क्रममा नेता प्रकाण्डले आफुले पार्टी एकता गरेर चुनाव मात्र लड्ने मात्र नभएर अवसर नपाएकाहरुले प्राथमिकता पाउनु पर्ने बताएका छन । नेता प्रकाण्डले आफु २०६४ सालमा निर्वाचित र अगाडी विधायक सदस्य समेत भएर मन्त्रि समेत भइसकेको मैले मात्र अवसरका पाउनु पर्छ भन्नेमा नरहेको बताएका छन ।
देशभर समाजवादी मोर्चाले राष्ट्रिय हितमा काम गरी रहेकाले जनताको पक्षमा काम गर्ने तर्फ अघि बढेको बताउदै नेकपालाई अलग्याएर कुनै पनि काम गर्न नहुने जिकिर गर्दै कालीकोट तथा सिंगो कर्नालिको गुमेको सत्ता कब्जा गर्न एक पटक कर्नालिबासिले अघि बढ्नु पर्नेमा जोड दिएका छन ।

अब समाजवादी व्यवस्थाका लागि सबैले साथ दिएर अघि बढ्ने र जनाजिविकाका सवालमा आफु निरन्तर रुपमा लागि पर्ने बताएका छन । नेता प्रकाण्ड शनिबार माल्कोटमा आन्तरिक पार्टी कार्यक्रताको भेलालाई सम्बोधनका लागि जाने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित