कर्नालीमा मानविय दिवस मनाइयो

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेशका १० जिल्लाका जनप्रतिनिधिहरूको सहभागितामा विश्व मानविय दिवस मनाइएको छ । कर्नाली प्रदेशका मुख्यमन्त्रि यामलाल कर्णेलको विशेष उपस्थितिमा भएको कार्यक्रमको राष्ट्रिय  विपद् जोखिम न्यूनीकरण ,व्यवस्थापन प्राधिकरणको आयोजना तथा  १० भन्दा बढी गैर सरकारी संस्थाहरूको समन्वयमा विश्व मानवीय दिवस २०२४ मनाइएको हो । उक्त समारोहमा कर्नालीमा आइपरेका विभिन्न समस्याको बारेमा छलफल भएको बताइएको छ। उक्त समारोहमा ५ वटा विषयमा छलफल भएको  सान्नित्रिवेणी गाउँ पालिका उपाध्यक्ष पार्वती सिंह बताइन ।

जस्मा पहिलो : विगतको भूकम्प जोखिम न्यूनीकरण तथा व्यवस्थापन (बारपाकदेखि बारेकोट)बाट सिकाइ : नीति सुधार र कार्यका लागि पाठ के के अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको छ ।

त्यसै गरी  दोस्रो : स्थानीय नेतृत्वमा मानवीय प्रतिक्रिया: खाद्य सुरक्षा र जीविकोपार्जनमा पहुँच सुनिश्चित गर्ने

तेस्रो : सबैभन्दा जोखिममा परेकाहरूको आवश्यकतालाई सम्बोधन गर्दै: बालबालिका, महिला, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धहरूको उचित सम्बोधन गर्ने ।

चौथौ : जलवायु-प्रेरित प्रकोपलाई सम्बोधन गर्ने: हानिको सामना गर्ने र लचिलो माउन्टेन सिस्टमको लागि क्षति व्यवस्थापन ।

पांचौ :  मानवीय कार्यहरूमा चुनौतीहरू पार गर्दै र उत्प्रेरणा बढाउने भन्ने विषयमा छलफल परामर्श भएको बताइएको छ। छलफलका सहभागिहरुले विपदमा कर्नालिले पटक पटक क्षति त्यहोर्दै आएकाले विगतका पाठ सिक्दै आगामी दिनमा सर्तकता अपनाउनु पर्नेमा  जोड दिएका थिए । उक्त समारोहलाई सम्बाेधन गर्दै  “स्थानिय सरकार देखि प्रदेश सरकार हुँदै संघिय सरकारका साथै गैरसरकारी संस्थाको ठुलो योगदान रहेकाले सबै क्षेत्रमा अग्रसरता अपनाउन प्रदेश सरकारका मुख्यमन्त्रि यामलाल कर्णेलले विशेष जोड दिएका छन । ”

कर्नालीमा पहिलो पटक भएको मानविय दिवसले भविष्यमा आइपर्ने विपदका लागि मानव मानव विचको  पारस्पारिक सहयोग अपरिहार्य  रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित