लिजामा देशभरबाट भगवतीमाई दैलेख उत्कृष्ट,२५ स्थानिय तह मध्ये ११ माओवादी नेतृत्वका उत्कृष्ट

7
SHARES
15
VIEWS

काठमाडौं । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा उत्कृष्ट भएका २५ गाउँपालिका मध्ये सबैभन्दा बढी ११ वटा नेकपा (माओवादी केन्द्र)ले नेतृत्व गरेका स्थानिय रहेका छन् । अन्य गाउँ पालिका मध्ये नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका सात सात वटा गाउँपालिका उत्कृष्ट परेका छन् ।

संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले सार्वजनिक गरेको नतिजामा उत्कृष्ट २५ मध्ये ११ वटा गाउँ पालिकाको नेतृत्व माओवादी केन्द्रका तर्फ बाट अध्यक्षहरुले गरेका छन् । जसअनुसार वेनिघाट रोराङ्ग धादिङ्ग उत्कृष्ट भएको छ, जसको नेतृत्व नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया‘विवेक’ले गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका यदु ज्ञवालीले नेतृत्व गरेको रुरुक्षेत्र गुल्मी, प्रकाश विष्टले नेतृत्व गरेको राप्ती गापा दाङ, शुक्र चुमानले नेतृत्व गरेको आवुखैरेनी तनहुँ, गणेशबहादुर थापाले नेतृत्व गरेको भगवतीमाई दैलेख, विमर्श मोक्तानले नेतृत्व गरेको मरिण सिन्धुली, रिमालबाब श्रेष्ठले नेतृत्व गरेको शैलुङ्ग दोलखा, भुपाल पोख्रेलले नेतृत्व गरेको धुर्काेट गुल्मी, रमेश बाबु थापाले नेतृत्व गरेको शहिद लखन गोर्खा, युवराज केसीले नेतृत्व गरेको चन्द्रकोट गुल्मी र राजु लामा तामाङले नेतृत्व गरेको लिसङ्खुपाखा सिन्धुपाल्चोक उत्कृष्ट ११ गाउँपालिका रहेका छन् ।

हरेक वर्ष विभिन्न सय वटा सूचकमा भएको मूल्यांकन गर्ने गरिन्छ । खासगरी सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता, सेवा प्रवाह भइरहेका अवस्थ्षा, सूचनाको हक लगायत विभिन्न सूचकका आधारमा मूल्यांकन गर्ने गरिन्छ । त्यस्तै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनका आधारमा मूल्यांकन गर्ने गरिएको छ ।

नेकपा माओवादी केन्द्रले देशभरि १ सय २२ पालिकाको नेतृत्व गरेको छ भने सो मध्ये उत्कृष्ट २५ गाउँ पालिका मध्ये ११ वटा माओवादी केन्द्रले नेतृत्व गरेका पालिका परे संगै नेकपा (माओवादी केन्द्र)ले लिएको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डा थप स्थापित भएको अनुमान हुन थालेको छ । आगामी चुनावमा जनताले थप विश्वास गर्ने आधार फराकिलो बन्दै गएको विश्लेषकहरु बताउँछन् ।

#एभरेस्ट डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित