माओवादी केन्द्रको गाउँ गाउँमा परामर्श बैठक

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटले स्थानिय तहमा परामर्श बैठक थालेको छ । जिल्ला स्तरमा असोज ७ र ८ गते भएको परामर्श बैठक पछि खांडाचक्र नगर पालिका,तिलागुफा नगर पालिका,पचालझरना गाउँ पालिका र पलांता गाउँ पालिकामा परामर्श बैठक राखेको हो । जिल्ला स्तरमा दुइ टोलि गठन गरेर प्रदेश निर्वाचन क्षेत्र क र ख मा अभियान थालिएको बताइएको छ । आज पलांता गाउँ पालिकामा बृहत कार्यक्रता भेला सहित परामर्श बैठकको आयोजना गरिएको बताइएको छ ।

पलांता गाउँ पालिकाको केन्द्र रानिविसौनामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज जिवन बुढा, जिल्ला सहइन्चार्ज लक्ष्मि प्रसाद चौलागाई(शैलेन्द) लगाएतका नेताहरुले पछिल्लो राजनैतिक अवस्थाका बारेमा जानकारी गराएको र स्थानिय पार्टी कार्यक्रताहरुले आ आफ्ना धारण राखेको पलांत गाउँ पालिकाबाट धनबहादुर शार्किले जनाएको छन । विहवार पचालझरना गाउँ पालिकाको पडेक्षामा परामर्श बैठकको आयोजना गरिएको थियो ।

त्यसै गरी तिलागुफा नगर पालिकाको गाल्जेमा पनि परामर्श बैठकको आयोजना गरिएको बताइएको छ । जिल्लाभर अभिनात्मक रुपमा अधि बढ्नका लागि परामर्श बैठकको अयोजना गरिएको र दशैको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सहित जनतामा भेटघाटको कार्यक्रम तय भएको बताइएको छ ।
कालीकोट जिल्लाको नयाँ नेतृत्वको जिम्मेवारी लगत्तै जनता संगको भेटघाट तिव्र पारिएको नेकपा(माओवादी केन्द्र) कालीकोटले जनाएके छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित