थात थलो फर्किए एक लाख अनुदान

7
SHARES
15
VIEWS

पर्वत । पछिल्लो समय आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएका स्थानियहरू बसाइ सराइ गरेर जाने क्रम बढे संगै गाउँ फर्काउने अभियान थालेका छन । थात थलो छोडेर बाहिर गएकाहरु  पुरानै स्थानमा फर्किएमा  महाशिला गाउँपालिकाले एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ।

गाउँलेहरू बसाइँ सर्न थालेपछि  पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए।

महाशिला गाउँपालिकाले चालु आर्थिक वर्ष देखि यस्तो कार्यक्रम लागू गरेको हो। गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले बताए। गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने भएको छ। चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने भुसालले बताएका छन्।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकाबाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका बताइएको छ।

#थाहा खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित