कालीकोट । जनचेतना बहुमुखी क्याम्पस,मेहलमुडीले आयोजना गरेको सप्ताह व्यापि महायज्ञ सम्पन्न भएको छ । असोज १८ गतेबाट संचालन गरिएको ज्ञानबिज्ञान धार्मिक महामहोत्सब समापन समारा्ेहमा सान्नित्रिवेणि गाउँ पालिकाका स्थानियले दान गरेको बताइएको छ ।
महायज्ञ समारोहमा सहभागिहरु मध्ये सबै भन्दा बढि दान गर्नेमा सान्नित्रिवेणि गाउँ पालिकाबाट एक लाख एघार हजार, सान्नित्रिवेणि गा पा वडा न.६का वडा अध्यक्ष नहकुल संज्याल(विराजमान),एमाले नेता अग्र बोगटी र जनचेतना बहुमखि क्याम्पस व्यवस्थापन समिति अध्यक्ष खगेन्द्र शाही(प्रख्यात) लगाएतले सबै भन्दा बढि दान गरेको बताइएको छ ।
जनेचतना बहुमुखि क्याम्पस प्रमुख पुष्पराज संज्यालले बताएका छन । उनका अनुसार दान गर्ने दाताहरुले घोषणा गरे अनुसारको र प्राप्त रकमको बारेमा शुक्रबार सबै विवरण तयार गरिने बताएका छन । दान गर्नेहरुले नगद तथा जग्गा जमिन समेत गरेको र सबै हिसाव किताव तयार गर्दा एकिन भने नभएको बताएका हुन ।
असोज १८ गते कर्नालि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रि राजिव विक्रम शाहले उद्घाटन गरेको कार्यक्रमको समापन असोज २४ गते कर्नालि प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगिको उपस्थितिमा समापन गरिएको बताइएको छ । समापन कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका सदस्य योगिले ज्ञानबिज्ञान धार्मिक महायज्ञले क्याम्पस ब्यबस्थापनका लागि गरिएको धार्मिक महामहोत्सबको कार्य सह्रानिय भएको र यस महायज्ञले समाजलाई एकताबद्व गराएको बताएका छन ।
योजना आयोगका सदस्य योगिले धार्मिक शिक्षा, धार्मिक पर्यटन,बिकास र सम्पदाको संरक्षणको अभियानको शुभारम्भ भएको बताए ।
Discussion about this post