रुपेन्द्र ऐडी /कोहलपुर। रास्कोट नगरपालिका वडा नम्बर ५ साहुबाडाका सबै बुढापाका र आइमाइ सहित युवाहरु हात हातमा जमरा सहित एक ठाउँम जम्मा भएर वृहत भेला सहितको दशैं मनाएका छन । वडा नम्बर ५को साहुवाडा टोलका समुदायले एक साथ दशैं मनाएका हुन । रास्कोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मन तिरुवाको गाउँम सामुहिक दशैं मनाएका हुन ।
दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा २ जना जेष्ठ नागरीकलाई सम्मान समेत गरिएको स्थानिय निल सुनार( निर्देशन) ले बताएका छन। उनका अनुसार विगतमा आ आफ्नो घर भित्र मनाइदै आएको दशैं तिहारको अवसरमा यस पटक गाउँ भरीका सबै एकै ठाउँम जम्मा भएर दशैंको शुभकामना आदानप्रदान गर्न पाएकोमा सबै दंग परेका थिए। पछिल्लो समयमा विजया दशमीका अवसरमा एकै परिवारको भन्दा पनि छिमेकीहरु २ / ४ घर परिवार विच टिका जमरा गर्ने गरेको भएपनि रास्कोट नगर पालिका वडा नम्बर ५ को साहबाडा टोलका सामाजिक अगुवा निल सुनार, भिम सुनार, अजय सुनार, प्रकाश सुनार, सर्प सुनार र निर सुनार लगाएतका युवा तथा सामाजिक अगुवाहरुको पहलमा सामुहिक दशैंको शुभकामना आदानप्रदान गर्न शुरु गरेका हुन ।
रास्कोट नगर पालिका वडा नम्बर ५का वडा अध्यक्ष मन तिरुवाको गाउँका यूवहरु को सामुहिक पहलमा पुराना पुर्खाको चिनो र संस्कारको हस्तान्तरणको प्रक्रिया अनुसार सबै भन्दा जेठा व्यक्तीलाई सम्मान गरिएको बताइएको छ । सामाजिक अगुवा निल सुनारले यस कार्यलाई निरन्तर जारी राख्ने बताएका छन। समानित हुने दुई जना गाउकै जेष्ठ नागरिक मान साहु र आईति साहुलाई सम्मान सहित सामुहिक टिका जमारा लगाई औपचारिक कार्यक्रम सहित सम्मान गरिएकोमा खुशी व्यक्त गरेका छन।
सम्मानित हुने मान साहु (सुनार) ले यस कार्यक्रमको शुरुवात गर्ने युवाहरुलाई धन्यवाद दिएका छन।
रास्कोट नगर पालिका वडा नम्बर ५ का वडा अध्यक्ष मन तिरुवाले आफ्नो गाउ बाट गएको वर्ष जनयुद्ध दिवसको अवसरमा विपन्न परिवारलाई खाधन्न राहत वितरण गरेका थिए । उनले आफ्नो कार्यकालको पहिलो वर्ष घरको विमाको शुरुवात गरेका थिए । सो कार्यक्रम पछि नगर सरकारले पालिकाका सबै वडामा शुरुवात गरेको थियो ।
Discussion about this post