कालीकोटको पुरानो पञ्चदेव मावि देशको नमुना घोषित

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको सबै भन्दा पुरानो विद्यालय पञ्चदेव माध्यमिक विद्यालय देशको नमुना विद्यालयमा सिफारिस भएको छ ।

शिक्षा मन्त्रालय अन्तरगत शिक्षा तथा मानव श्रोत विकास केन्द्र को मातहतमा रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा सानोठिमिले साउन मसान्तमा जारी गरेको सुचनामा देशभरबाट एक एक वटा माविलाई नमुना मावि घोषणा गरेको छ । जस अनुसार साविकको कर्नालि अंचलबाट कालीकोट जिल्लाको पञ्चदेव मावि नमुना भएको हो ।

जुम्लामा २ वटा मावि रहेका छन भने मुगु,डोल्पा,हुम्लाबाट एक एक वटा मावि रहेको छ । छनोट भएका माविहरुलाई शिक्षा तथा मानव श्रोत विकास केन्द्रले पुरुस्कार सहित सम्मान गर्ने कार्यक्रम रहेको शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतम द्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

कालीकोट जिल्लामा स्थापना भएको उक्त माध्यमिक विद्यालय जुम्लाका राहदेव मावि हिमा गाउँ पालिका र महादेव मावि कनाकासुन्दरी मावि पछिको कर्नालि अञ्चलको तेस्रो तथा कालीकोटको पहिलो विद्यालय रहेको बताइएको छ ।

देशको नमुना बन्न सफल भएको भन्दै पञ्चदेव माविले खुशि व्यक्त गर्दै जिल्ल शिक्षा समन्वय इकाइ, खांडाचक्र नगरपालिका लगाएतलाई धन्यावाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित