पचालझरनामा पहिरोमा परि एकको मृत्यु एक घाईते

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको खार्दुमा पहिरोले एक जनाको ज्यान लिएको छ । खार्दुको लेकमा दार चिरानिमा गएका ५० वर्षिया ध्वजविर कठायतको पहिरोमा परि शनिबार मृत्यु भएको हो ।

दार चिरानिमा व्यस्त रहेको बेलामा एक्कासि पहिरोले बगाएर मृत्यु भएको आफन्तले जनाएका छन ।

स्थानियका अनुसार मृतक कठायतको सब पहिरोमा पुरिएको अवस्थामा भेटिएको र सोही पहिरोमा परि एक जना घाईते भएका छन । घाईते हुनेमा पचालझरना ३ खार्दुका मुनि बस्नेत रहेका छन ।उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा लिएको बताइएको छ । ।

अकस्मात मृत्यु भएको खवरले पचालझरना गाउँ पालिकाले दुःख व्यक्त गरेको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले दुःख व्यक्त गर्दै नावालकहरुको अभिभावकको भुमिका पुरा गर्ने बताउनु भएको छ ।

यस मृतक ध्वजविर कठायत प्रति पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले दुःख व्यक्त गर्दै मृतकलाई राहत र घाइतेलाई उपचारको जिम्मा गाउँ पालिकाले लिने बताउनु भएको छ । यस अघि मृतक ध्वजविर कठायतको परिवार क्यान्सरका कारण मृत्यु भइसकेको छ ।

टुहुरा ४ दिदी वहिनीको संरक्षण गर्ने आफन्तको घरमा बस्नु पर्ने बाध्यता आएको छ । लगातारको वर्षाले पछिल्लो समयमा कालीकोटको नरहरिनाथ गाउँ पालिकामा एक जनाको ज्यान गएको छ भने पहिरोबाट मृत्यु हुनुको संख्या कालीकोटमा २ जना पुगेको बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित