गाँउको बैंकमा कारोबार गर्न मान्दैन महावै गाउँ पालिका

7
SHARES
15
VIEWS

कालीकोट । पादमघाटमा रहेको कृषि विकास बैंकमा महावै गाउँ पालिकाले कुनै पनि कारोबार नगरेको रहस्या खुलेको छ । बैंक स्थापना भएको एक वर्ष विति सक्दा पनि कुनै पनि कारोवार संचालनका लागि पहल नगरेको बैंकले जनाएको छ ।

बैंकका प्रबन्धक धर्मराज बुढाले कार्यालय कुर्नु बाहेक आफुहरुको काम केही नभएको बताउदै २०७६ साल जेष्ठ १० गते पादमघाटमा आर्थिक कारोवारका लागि स्थापना भएको कृषि विकास बैंक पादमघाट शाखामा गाउँ पालिकाले कुनै पनि खाता संचालनमा ल्याएको छैन । बैंक गाउँमा छिटो स्थापनाका लागि दिनको ३ पटक जाने गाउँ पालिका अध्यक्ष नन्द बहादुर सिंहले कारोबारका लागि कुनै पहल नगरेको बैंकका प्रबन्धक बुढाको भनाइ रहेकोछ । उनका अनुसार पालिकाको खाता संचालन भएपछि आर्थिक व्यवस्थापन गर्न सजिलो हुने हो कारोबार छैन अन्य स सानो पुजिंले बैंक चल्न सक्दैन संगै स्थापना भएका शुभकालिका र नरहरिनाथ गाउँ पालिकाको कृषि विकास बैंको शाखाहरुले अगाडी गइसकेको बताउदै प्रबन्धक बुढाले यस आर्थिक वर्षबाट कर्जा लगानिको लागि शुरुवात गर्ने बताए ।
उनले भने २०७५ साल भाद्र २० गते देखि कारोवार शुरु गरका हौं तर गाउँ पालिकाले खाता संचालन नगर्दा कारोवार हुन सकेको छैन । बैंकमा अषाढ मसान्त सम्म १ सय ५० जनाको मात्र खाता संचालनमा आएको बताउदै पालिकाले खाता संचालन नल्याएपछि राष्ट्र बैंकमा उजुरी गर्ने मानसिक्तामा आफुहरु पुगेको छौं ।

पादमघाट शाखा प्रबन्धक धर्मराज बुढा कार्यकक्षमा
तत्कालिन समयमा गाउँमा बैंक नहुंदा कठिन हुने भनेर पठाएको राष्ट्र बैंकले स्थानिय तह नै वेखबर भएपछि आफुहरु बेरोजगार बस्नु परेको प्रबन्धक बुढाको भनाई रहेको छ ।

एक वर्ष सम्म कुनै पनि कारोवार नभएपछि आर्थिक वर्ष २०७६।०७७मा ३१ लाख घाटामा बैंक संचालन भएको बताउदै गाउँमा बैंक छ तर पालिकाको सबै कारोबार सदरमुकाम मान्मबाट भइरहेको छ ।
गाउँ पालिकामा तिन वर्ष सम्म किन कारोवार भएन भन्ने कर्नालि संचारको प्रश्नमा महावै गाउँ पालिका उपाध्यक्ष मनराज शाहीले कृषि विकास बैंक गाउँमा छ तर गाउँ पालिकाको लेखापालले सान्नित्रिवेणि गाउँ पालिका र महावैमा हेर्नु पर्ने भएकाले सदरमुकामबाट कारोवार भएको स्विकार गरेका छन । उनले गाउँ पालिकामा जनताले सेवा सुविधा नपाएको भन्ने गम्भिर समिक्षा भएको छ ।

आर्थिक वर्ष २०७७।०७८को पहिलो महिनाबाट गाउँ पालिकामा सबै कारोबार संचालनमा ल्याउन लागिएको बताए ।अहिले स साना विकास निर्माणका कामको भूक्तानिका लागि महावै बासि सदरमुकाम जान बाध्य भएका छन ।

गाउँको सिंह दरबार कता हराएको छ कहिले आउने हो थाहा नभएको स्थानियहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित