दुइ सातामै पचालझरनाका महिलाहरुले आफै गरे भवन निर्माण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाका महिलाहरुले आफैले दुई सातामा दुई कोठे भवन निर्माण सम्पन्न गरेका छन । आर्थिक वर्ष २०७६।०७७को कर्नालि प्रदेश सरकारले विनियोजन गरेको सानो रकमबाट नमुना कार्य गरेका हुन ।

पचालझरना गाउँ पालिका महिला संजालमा आवद्ध महिलाहरुको सहभागितमा भवन निर्माण भएको छ ।कर्नालि प्रदेश सरकारको मुख्यमन्त्रि दलित महिला आयआर्जन कार्यक्रम पुर्वाधार निर्माण अन्तरगतको ३ लाख ९१ हजार ९ सय १६ बजेट रहेको उक्त भवनमा महिलाहरुले ७८ हजार ६ सयको श्रमदान गरी ४ लाख ७० हजारमा भवन संगै सौचालय निर्माण गरिएको बताइएको छ ।

पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेका अनुसार महिलाहरु आफै लागेर १३ दिन भित्र भवन बनाउन सहभागि सबै महिलाहरुलाई धन्यवाद समेत दिुन भएको छ । वहांले भन्नु भयो थोरै बजेटमा दुई कोठाको भवन र सौचालय बनाउनुमा महिलाहरुको त्याग गरेर काम गर्नु भएको बताउदै त्यसबाट दलित महिलाको सिप विकासको लागि प्रयोग भवन गाउँ पालिकाको केन्द्रमा पहिलो पटक बनेको हो । काममा सहभागि महिला सदस्य मामपुरा खड्काले आफुले प्रयोग गर्ने भवनमा दिन रात लागेर काम गरेर छिटो भएको बताउदै आफुहरुले  भवनबाट आत्म निर्भर हुने सिप पाउने आशा रहेको बताइन ।

यसै संगै कृषि शाखा पचालझरनाको २ लाख बजेटमा भवन समेत अन्तिम चरणमा पुगेको छ ।यस अघि पणेक्षामा भौतिक संरचनाको अभावमा कार्यालयहरुको काम हुने नहुने अलमलमा परेका समुदायहरुलाई ढुक्कता पैदा भएको बताइएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले टहरा निर्माण गरेर भएपनि आउदो दशै सम्म पणेक्षामा गाउँ पालिकाका काम कार्वाही शुरुवात गर्ने यस अघि बताइ सक्नु भएको छ ।

पचालझरना गाउँ पालिका केन्द्र विन्दु पणेक्षामा यस अघि केन्द्र राख्ने बारेमा सर्वसम्मत भएको थियो । अहिले त्यस आसपासका क्षेत्रमा सडक,विद्युत र लिप्ट सिंचाइको काम भइरहेको गाउँ पालिकाले जनाएको छ ।

यस अघि हुरेण्डेक कालीकोटले हाइटेक नर्सरीको संरचना निर्माण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित