नमुना नगरपालिका बनाउन के गर्दैछ रास्कोट : २१ नमुना कामहरु :

7
SHARES
15
VIEWS

रास्कोट नगरपालिका जिल्लाको नमुना अनि रमणिय क्षेत्रका रुपमा चिनिएका नगरपालिका हो । सानो भुगोलमा ठुलो जनसंख्या ओगटेको क्षेत्र रास्कोट नगरपालिकामा साविकका फुकोट,स्युना र सिपखाना मिलेर बनेका छ ।रास्कोट नगरपालिकामा कृषि पेशा प्रमुख मानिदै आएको छ । वनजंगलको कमि रहेका क्षेत्र भएपनि पछिल्लो समयमा वनजंगलको विस्तार भएको छ ।अधिकांस स्थानियहरुले निजि खेतवारीमा विरुवा रोप्ने कामले निरन्तरता दिएपछि यसको मात्र बढ्दै गएको हो ।

पहिले रास्कोटको रातो चामल मुगु,डोल्पा हुंदै चिन जाने गरेको पाइन्छ । युवा पुस्ता विदेश पलाएन भएका कारण कृषि उत्पादन न्युन रहेको छ । राजनैतिक क्षेत्रमा लामो अनुभव भएका तत्कालिन फुकोट गाविसका अध्यक्ष काशिचन्द्र बराल र सैन्य क्षेत्रमा लामो अनुभव भएकी मिमसरा शाही (उशा)ले रास्कोटको विकासलाई तिव्रता दिनु भएको छ ।  देश संघियता पछि पहिलो पटक भएको स्थानिय निर्वाचनमा विजयि उम्मेद्धारहरुले चुनावि नारालाई सार्थकता बनाउदै नमुना काम गर्दै आएका छन ।

रास्कोट नगरपालिकामा तत्कालिन नेकपा (माओवादी केन्द्र)बाट विजयि  हुनु भएका सक्षम तथा निडर विकास प्रेमि तथा विज्ञ व्यक्तित्वका रुपमा स्थापित हुनु भएका मेयर काशि बराल र उपमेयर  मिमसरा शाहीको नेतृत्वमा को नेतृत्वमा रहेको रास्कोट नगरपालिकामा आफ्नो कार्यकालमा गरेका नमुना कामहरु ।
१. युवा श्रम बैंक :
रास्कोट नगरपालिकाले सबै भन्दा पहिले नमुना कामको रुपमा विकास निर्माणका कामहरुमा युवाहरुको सहभागतिाका लागि युवा स्वरोजगार बैंक गठन गरेको छ । उक्त बैंकमा आवद्ध युवा युवतिहरुलाई नगरपालिका भित्रका सम्पूर्ण विकास निर्माणका कामको जिम्मा दिने र सोही अनुसार भक्तानि गर्ने गरिएको छ भने महिला तथा पुरुषहरुको ज्याला समान गरिएको छ । दक्ष मिस्त्रिहरुको ज्याला समेत समान गरिएकोले यस कार्याले नेपालको नमुना काम हुनुका साथै कम्युनिष्ट शासन व्यवस्था अनुसार समाजवाद उन्मुख कार्यको थालनि भएको बताइएको छ । यस कार्यक्रमबाट देश भरका ४५ भन्दा बढि स्थानिय तहहरुले श्रम बंैकलाई लागु गर्न उत्प्ररित भएको बताइएको छ ।
२. जिवन प्रवद्धन कार्यक्रम :
रास्कोटका ग्रामिण क्षेत्रमा हरेक नागरिकहरुको जिवनमा स्वस्थ्य, शिक्षा,सरसफाई र आहार व्यवस्थापनमा एक रुपता कायम गरी स्वस्थ राख्नका राख्नका लागि नगरपालिकाले प्रत्येकको घरमा धुवां रहित चुल्हो जडान,प्रत्येक घरमा करेशाबारी निर्माण, जुठ्यान व्यवस्थापनका साथै “हरेक बार खाना चार”को निति अनुसार समुदाय स्तरमा सचेतना तथा क्षमता अभिबृसिमुदाय स्तरमा सचेतना तथा क्षमता अभिबृद्धिका काम गर्दै आएको छ । सहकारी संग समन्वय गरी प्रत्येक वडामा सामाजिक उत्पेरक परिचालन गरी प्रत्येक वर्ष काम गर्दै आएको नगरापलिकाले स्वस्थ्य र सरसफाईमा विशेष जोड दिदै आएको हो । यस कार्यक्रमलाई कर्नालि प्रदेश सरकारले समेत साथ दिने र प्रदेशका अन्य जिल्लाहरुमो लागु गर्ने योजना बनाएको बताइएको छ ।
३.सडक विस्तार र लगत कट्टि :
जिल्लाका अन्य स्थानिय तहहरुले भाडामा डोजर ल्याएर सडकको काम गरेको भएपनि रास्कोट नगरपालिकाले आफैले डोजर ल्याएर नगरका प्रत्येक टोलका समुदायलाई सडककाृ पहुंच पुगाएको छ । नगरपालिकालाई चक्रपथ बनाउन अहिले काम भइरहेको छ । सड विस्तारका लागि डोजर,टिप्पर लगाएतका प्रविधिको व्यवस्थापन गरेको रास्कोट नगरपालिकाले डोजरबाट समुदाय स्तरमा काम गरे वापत आन्तरिक श्रोत आम्दानिको ठुलो सम्भावना रहेको बताउदै प्रक्षेपण गरेको छ । पछिल्लो समय सडक स्तर उन्नतिको काम गर्न शुरु गरेको नगरपालिकाले नपुगेको स्थानमा सडक पुगाउने र माथिल्लो लेक साइडमा सडक पुगाई कृषि वस्तु व्यवस्थापन गर्ने योजना बनाएको छ । त्यति मात्र नभई रास्कोट नगर पालिका भित्रको सडकको लगत कट्टि गरेर सडकलाई आठ मिटर कायम समेत गरेको छ भने नगरपालिका भित्रको सडक आसपासको जग्गाको मुल्य समेत निर्धारण गरेको छ ।रास्कोट नगरको यो दोस्रो ठुलो काम हो । यहाँका समुदायहरुले यसबाट ठुलो राहतको महसुस गरेका छन ।
४.मिटर सहितका एक घर एक धारा
रास्कोटका प्रत्येक वस्तिका सबै घरमा मिटर सहितका एक घर एक धारा जडान गरी स्वच्छ खानेपानि पुगाउने लक्ष्य अनुसार आर्थिक वर्ष २०७६।०७७मा ६०० घरमा धारा जडान गरेको छ भने आगामि वर्ष २०७७।०७८मा २००० घरमा धारा जडान गर्ने लक्ष्य लिएको छ । युनिसेफ नेपालको साझेदारीमा खानेपानि र सरसफाई क्षेत्रमा काम गरिरहेको युनिसेफले विद्यालयमा आधुनिक सौचालय,खानेपानिका धारा निर्माणको काम गर्नुका साथै सिंचाईको समेत काम भएको बताइएको छ र रास्कोट नगरपालिका भित्रका केही स्थानका समुदायहरुलाई अभाव देखिने खानेपानिको लागि ठुलो राहत हुनुका साथै विकट वस्तिका मानिसहरुमा खानेपानिको पहुंच र धाराको मर्मत सम्भारको काम राम्रो हुने गरेको छ । निजि धाराहरुमा प्रतयेक घरले संरक्षण गर्ने र जिम्मेवारी बोध हुने भएकाले एक घर एक धाराले खानेपानिमा दिर्घकालिन समस्या हुनबाट सहज हुने बताइएको छ ।
५.सिप्टि विशालिमा जलाशाय :
रास्कोट नगरपालिकाले नगरको माथिल्लो क्षेत्रमा रहेको ठुलो भुभाग सिप्टी विसालि जलासयको काम थालनि गरेको छ । रास्कोटको सिप्टी,क्षेत्तडि देखि विसालि सम्म अर्ध जलासाय निर्माण शुरु भएको छ । रास्कोट लेक क्षेत्रलाई व्यवस्थित पारेर कृषि उत्पादनमा जोड दिन सो क्षेत्रमा फुकगाड खोलाको मुलको पानि ल्याएर ठुलो मात्रामा पानि जम्मा हुने जलासाय निर्माण रास्कोटका सबै वस्तिमा फोहोरा सिचाई गरिने छ भने त्यसबाट माइक्रो हाइड्रो निर्माणको काम गर्नुका साथै छिमेकी गाउँ तथा नगरपालिकामा सिचाईको व्यवस्थापन गर्ने लक्ष्य लिएको छ अहिले सो क्षेत्रमा जलासायको काम दुर्त गतिले भएको नगरपालिकाले जनाएको छ । दुई किलोमिटर लामो जलासायमा पानि जम्मा गरेर आवश्यक्तामा प्रयोग गर्ने बताइएको छ । रास्कोट नगरपालिकामा कृषि क्षेत्रको उचित व्यवस्थान र उत्पादित वस्तुको बजारीकरणका लागि यस आयोजनाले ठुलो मात्रामा फाइदा लिने छ ।
६.रास्कोट एकिकृत नमुना वस्ति :
रास्कोट नगरपालिकाको वडा न. ६ र ७को वस्तिलाई एकिकृत नमुना वस्ति बनाउने योजना अनुसार काम अघि बढेको छ । उक्त वडा न. ६का गोर्खालि गाउँ,बड्डाला,ओखलढुंगा र वडा न. ७का पुछ्रेगाउँ,गैरा गाउँलाइ एकिकृत नमुना वस्ति बनाउन लागिएको छ । सो क्षेत्रका वस्तिलाई स्वरोजगार बनाउन उद्या्ेग संचालन तथा कृषिका काम कार्वाहीहरु अघि बढाउने योजना बनाइएको छ भने अहिले सो क्षेत्र पर्ने पोखरी चौर देखि आरसिपि बजार सडक खण्डलाई व्यवस्थित गर्न शुरु गरिएको छ ।
७.शहिद स्मृति भवन :
जनयुद्धका शहिदहरुको स्मरणमा रास्कोट नगरपालिकाले नगरमा शहिद स्मृति भवन निर्माण गरेको छ । उक्त भवनमा रास्कोटमा शहिद भएका विश्वनाथ योगि(विवस),पुष्प न्यौपाने(इन्दैजित)लगाएत ७५ जना शहिदहरुको तस्विर निर्माण गरी शहिद संग्राहलय स्थापना गर्न शुरु गरिएको छ । शहिद स्मृति भवनमा रास्कोट नगर पालिकाको मात्र नभई जिल्ला कै नमुना शहिद संग्राहलय बनाउन लागिएको छ ।रास्कोट नगरपालिकाका जनयुद्धका शहिदहरुको स्मृतिमा शहिद स्मृति भवनले ठुलो ऐतिहांसिकता कायम गर्ने बताइएको छ ।
८.सरकार सहकारी हातेमालो कार्यक्रम :
रास्कोट नगरपालिकामा काम गर्ने सहकारी संस्थाहरुमा सरकारले हातेमालो कार्यक्रमको शुरु गरेको छ । सरकारको लगानि तथा प्राविधिक क्षेत्रमा सहयोग र सहकारीहरुले समुदाय स्तरमा काम गर्ने गरेको छ । हिमचुलि कृषि सहकारी संस्था मार्फत जिवन प्रवद्धन कार्यक्रम, सुपथ मुल्य सहकारी पसलका साथै अन्य नगरपालिका भित्रका सहकारीहरु मार्फत कृषि लगाएतका विरुवा वितरण कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । नगरपालिका भित्रका कृषक समुह मार्फत प्रविधि,विउ विजन तथा सामाग्रिहरु वितरण गर्नुका साथै क्षमता अभिबृद्धिका काम समेत गर्दै आएको छ ।
९. विद्यालयका भौतिक संरचना निर्माण र नगर स्वयमसेवक परिचालन :
रास्कोट नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा भुकम्प प्रतिरोधात्मक भौतिक संरचनाहरु नगरपालिका भित्रका विद्यालयहरुमा सरकारले जनशक्ति व्यवस्थापन नगरेको तर अति आवश्यक मानिएका विद्यालयहरुमा नगर स्वयंम सेवक शिक्षकको व्यवस्थापन गरेको छ । नगरपालिका भित्र रहेका ३० वटा विद्यालयमा नगर स्वंयमसेवकहरुको व्यवस्थापन गरिएको छ भने रास्कोट नगरपालिका भित्र शिक्षा क्षेत्रमा जनशक्ति अभाव नभई गुणस्तर कायम गर्न टेवा मिलेको छ ।
१०.सडक निर्माण सामाग्रि र एम्बुलेन्स संचालन :
प्रत्येक वस्तिमा सडक विस्तार गरेको रास्कोट नगरपालिकाले सडकको विस्तार र स्तर उन्नतिका लागि आफैले श्रोत साधनको व्यबस्था गरेको छ । पहिलो चरणमा नगरपालिकाले डोजरको व्यवस्था गरेको थियो भने दोस्रो चरणमा टिप्पर खरिद गरेर सडकमा आउने समस्याहरुको व्यवस्थापनमा सहजाता कायम गरेको हो । जिल्लाका अन्य स्थानिय तहले सडक विस्तारमा डोजर भाडामा दिएर रकम निर्यात गरेको भएपनि रास्कोट नगरपालिकाले भने डोजरबाटको आयलाई नगरपालिकाको आन्तरिक श्रोतका रुपमा आगामी वर्ष निश्चित रकम आय हुने गरी योजना बनाएको छ । त्यसका साथै एम्बुलेन्स संचालन गर्दा नागरिकहरुलाई सहजता कायम गराएको छ ।
११.कोरोना व्यवस्थापनमा नमुना काम :
विश्वभर फैलिएको कोरोना महामारीको समयमा कर्नालि प्रदेशकै नमुना क्वारेन्टाइन निर्माण गरे लोकप्रिय काम गरेको रास्कोट नगरपालिकाले व्यवस्थित तथा नमुना क्वारेन्टाइन बनाउनुका साथै सो क्षेत्रलाई भविष्यमा उद्योग तथा अन्य कामको व्यवस्थापन हुने गरी योजना बनाएको छ । क्वारेन्टाइन निर्माण गरेको कालापानिमा औधोगिक क्षेत्रका रुपमा लिने योजना अघि सारेको छ ।
१२.रास्कोट बृहत खानेपानि आयोजना :
रास्कोटका सबै वस्तिमा स्वच्छ खानेपानिको पहुंच पुगाउनका लागि बृहत रास्कोट खानेपानि आयोजना संचालन गरेको छ । आर्थिक वर्ष २०७६।०७७मा ६ सय घरमा धारा निर्माण गरेकोर रास्कोटले आव २०७७।०७८मा २ हजार घरमा धारा जडान गर्ने लक्ष्य लिएको छ भने प्रत्येक विद्यालयमा सरसफाइका लागि आधुनिक सौचालय,सेनिटरी प्याडविर्सजन सहितको व्यवस्थापन गरेर भौतिक संरचना निर्माण भएका छन ।
१३.चिस्यान तथा सेलार स्टोर :
कृषि उत्पादनमा बृद्धि र बजारीकारणका लागि रास्कोट नगरपालिकाले चिस्यान घर निर्माण गरेको छ । मौषम अनुसार उत्पादन हुने कृषि तथा फलफुल जन्य वस्तुको दिर्घकालिन रुपमा व्यवस्थापन गर्नका लागि चिस्यान घर निर्माण गरिएको हो । नगरपालिकाले कृषि वस्तुलाई चिस्यान घरमा राख्ने र बजारमा माग भएका बेला लिनका लागि सहज होस भनेर निर्माण गरिएको हो ।
१४.सोलार डायर संचालन :
कृषि उत्पादित वस्तुलाई गुणस्तर कायम गरी सुकाउनका लागि सोलार डायरको व्यवस्था गरेको छ । बजारमा लिएर विक्रि नभएका वस्तुलाई उचित समय सम्म राख्न र गुण स्तर कायम गर्नका लागि सुकाउन सोलार डायरको व्यवस्था गरिएको छ । आरसिपि बजारमा राखिएको सोलार डायरमा विभिन्न जडिबुटी तथा कृषि वस्तु सुकाउने गरिएको छ ।
१५. नागरिक दुर्घटना विमा :
रास्कोट नगरपालिकाका युवा श्रम बैंकका सम्पूर्ण युवाहरुको १०लाखको दुर्घटना विमा गरेको छ भने आर्थिक वर्ष २०७७।०७८मा सबै नगरवासिको दुर्घटना विमा गर्न लागेको छ । मृत्यु पछिको जोखिम व्यवस्थापन गर्न नगरपालिकाले विमा कार्यक्रम ल्याएको हो ।
१६. हरित शहर तथा चक्रपथ निर्माण :
रास्कोट नगरपालिकामा मेयर तथा उपमेयर निर्वाचित पछि एक घर एक विरुवा रोप्ने लक्ष्य लिएको नगरपालिकाले रास्कोटलाई हरियालि बनाउने लक्ष्य लिएको छ । नांगा डांडा पाखाहरुका साथै घर वरिपरी हरियाली बनाउन हरित शहरको कल्पना अघि सारेको छ । जस्मा नगरपालिकाका सबै बासिन्दालाई विरुवा उपलब्ध गराई हरियालि बनाउन लागिएको छ । त्यसै गरी रास्कोट नगरपालिकामा रिंग रोड अर्थात चक्रपथ निर्माण गर्न लागिएको छ । पोखरी चौर देखि फुकोटको तल्लो क्षेत्र हुंदै बालुखेत बाट स्युनाको माथिल्लो भागमा सडक संजाल जोडरी सिपखाना हुंदै स्युनाको बडरुख सम्म जोड्ने सडकको काम थालनि गरिएको छ ।
१७. योजना बैंक र भुमि बैंक स्थापना :
समग्र विकासलाई एक रुपतामा लिन र व्यवस्थित गर्नका लागि रास्कोट नगरपालिकाले योजना बैंकको अवधाराणा अघि सारेको छ । कुन स्थानमा कुन विकास निर्माण जरुरी हो ? त्यसको विवरण लिने र योजना बैंकमा समाबेस गरेर स्थलगत अध्ययन गरी मात्र योजनामा छनोट गर्ने उद्देश्यले सो बैंकको अबधाराणा अघि सारेको हो । रास्कोट नगरपालिकाको छैटौं नगरसभाले पारित गरेको योजना अनुसार नगरपालिका भित्र कुनै पनि स्थानका जमिन बांझो नराख्न भुमि बैंक समेत संचालनमा ल्याउन तयारी गरेको छ ।रास्कोट नगरपालिका भित्रका युवा युवतिहरुलाई कृषिमा आकार्षण गर्न र सोही पेशाबाट आत्मनिर्भर बनाउन कृषकहरुलाई उचित राहतको कार्यक्रम ल्याउन समेत तयारी गरेको छ । कोरोनाका कारण गाउँ फर्किएका युवाहरुलाई कुनै पनि बांझो जमिन नराखेर खेति गर्ने र सो क्षेत्रको व्यवस्थापनका लागि भुमि बैंक मार्फत एक द्धार बाट सहयोग गर्न सहजता कायम हुने बताइएको छ ।
१८.कृषि उत्पादित वस्तुको अन्तराष्ट्रिय बजार व्यवस्थापन :
कृषिमा आत्मनिर्भर बनाउन र उत्पादित वस्तुको व्यवस्थापनका लागि सरकारले जिम्मा लिने र कृषि वस्तुको बजारीकरणका लागि रास्कोट नगरपालिकामा उत्पादन भएको सिमी,रातो चामल,ओखर,स्याउ र त्यसका परिकारका साथै घ्यु मह कतार लगाएतका राष्टमा निर्यात गर्न शुरु गरेको छ । रास्कोटको यो नमुना काम प्रति कृषकहरुले प्रशसा गरेका छन ।
१९.स्वरोजगार कर्जाको व्यवस्था :
रास्कोट नगरपालिकाका १६ देखि ४० वर्ष सम्मका युवाहरुलाई उद्यम व्यवसाय मार्फत स्वरोजगार बनाउनका लागि सहुलिएत कर्जाको व्यवस्थापन गरेको छ । सहकारी मार्फत परिचालन हुने उक्त स्वरोजगार कोषको लागि आर्थिक वर्ष २०७५।०७६मा ३० लाख बजेटको व्यवस्थापन गरेको छ र उक्त रकमको नगरपालिकाले वार्षिक ५ प्रतिशत र सहकारी संस्था मार्फत उद्यम व्यवसायका लागि २० जना युवालाइ लगानि भएको र क्रमश असुलि भएको रकम अन्य युवाहरुलाई लगानि गरिएको बताइएको छ ।अहिले सो रकम बाट रास्कोटका युवा युवतिहरुले स साना पसल तथा घुम्ति व्यवसाय संचालन गरेका छन ।
२०.स्याउ जोन कार्यक्रम :
रास्कोट नगरपालिकाको माथिल्लो क्षेत्रमा रहेको कृषि योग्य भुमिलाई लक्षित गरी स्याउ जोन कार्यक्रम संचालन गरेको छ । नेपाल सरकार भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय मार्फत संचालन उक्त कार्यक्रमले रास्कोटमा उत्पादित स्याउको उत्पादन, बजारीकरण तथा पैठारीका लागि काम शुरु गरेको छ । स्याउको पकेट क्षेत्रका रुपमा विकास र प्रवद्धनका लागि स्याउ जोन कार्यक्रम कार्यन्वयन इकाई कार्यालय खडा गरेर कृषक क्षमता अभिबृद्धि तथा स्याउ उत्पादनका लागि कार्ययोजना दुर्त गतिमा अघि सारेको छ । यस कार्यक्रमबाट रास्कोटका सयौं कृषकहरु प्रत्यक्ष लाभान्वित हुने छ भने युवाहरुले रोजगारी पाउने छन ।

२१.पर्यटन क्षेत्र सुधार र व्यवस्थापन :
रास्कोट क्षेत्रको माथिल्लो भेकमा रहेको त्रिवेणि धाम,सिप्टिी विशालि,देउरा अनाय पाटन,ताम्ति, लगाएतका प्राकृतिक सम्पदा तथा सिमनाथ देवता,खापरनाथ,कुडारे लगाएतका धार्मिक क्षेत्रको प्रवद्धन गर्ने तयारी गरेको छ । माथिल्लो क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । यस वर्ष भित्र देउरा,सिप्टिविशालि लगाएतका क्षेत्रमा सडक विस्तार गर्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित