राससको कमाइबाट “रुपगंगा स्मृति पत्रकारिता” अक्षय कोष स्थापना

7
SHARES
15
VIEWS

मेरो पत्रकारिताको महत्वपूर्ण २०६४ साल साउन ६ गते आजकै दिन । सरकारी मिडिया राससमा तत्कालिन सुचना तथा संचार मन्त्रि कृष्ण बहादुर महराको कार्यकालमा सरकारको मातहतमा संचालन हुने नेपाल टेलिभिजन,गोरखा पत्र दैनिक र राससमा कालीकोटबाट नयां नियुक्ति सिफारिस गरिएको थियो ।

तत्कालिन अवस्थामा संचार मन्त्रि महराले हातहातमा मोबाईल घरघरमा इनटरनेट भन्ने नारा आज प्रमाणित भएको छ । अहिले यस्तो हुने कुरामा १० वर्ष अघि भविष्यवाणि गर्ने कृष्ण बहादुर महरालाई धन्यवाद दिन चाहान्छु । तत्कालिन समयमा कालीकोट जिल्लाबाट नेपाल टेलिभिजनमा अशोक कुमार सिंह,गोरखापत्रमा भानुभक्त बराल र राससमा म आफै(रुपेन्द्र ऐडी) नियुक्ति भएका थियौं । मैले राससमा लगातार २०६४ साउन ६ गते देखि २०७५ असार मसान्त सम्म ११ वर्ष काम गरेको थिए ।

पत्रकारिताका आदरणिय गुरु रासकोट नगरपालिकाका मेयर काशिचन्द्र बरालको पहलमा मैले राससमा काम गर्न अवसर पाएको थिए । वहां प्रति आभारी छु । करिव ११ वर्ष पछि राजनैतिक दलको केही नेताको अगुवाई र राजनैतिक पूर्वाग्राहीमा मलाइ हटाइएको थियो । लगातार कालीकोटबाट राससमा काम गर्दै जाने क्रममा २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवस तथा राससको २५ औं स्वर्ण दिवसमा मैले राससबाट “गितादेबि उमाकान्त रजौरे स्मृति पत्रकारिता”बाट सम्मानित भएको थिए ।

कर्नालि अंचलबाट उत्कृष्ट काम गरेको र दुर्गम क्षेत्रबाट निरन्तर समाचार सम्पे्रषण गरेका कारण सो समयमा तत्कालिन राष्ट्रपति रामबरण यादव र तत्कालिन संचारमन्त्रि स्वर्गिय भरतमोहन अधिकारीको हातबाट प्रशंसाको प्रमाण पत्र र नगद रु ५००० सहित सम्मानित हुने अवसर पाएको थिए ।अहिले म कालीकोट जिल्लाबाट रासस प्रतिनिधि नभएपनि तत्कालिन समयमा मैले पाउने वर्गिकरणका आधारमा क ख ग क्रमश रु १००,१५० र २०० प्रति समाचार पारिश्रमिक पाउने व्यवस्था अनुसार मैले सो ११ वर्षको अवधिमा जम्मा ९०१७० पारिश्रमिक पाएकोमा ३० हजारको कम्प्युटर र १० हजारको स्यामसुम क्यामरा किनेको थिए ।  बांकी रहेको ५० हजार अक्षयकोषको लागि व्यव्स्था गरेको छु ।

पत्रकारितामा मैले २०६३ सालमा जनसन्देश दैनिक नेपालगंजबाट शुरु गरेर हिमाल एफ एम नेपालगंज,भेरीकर्णालि आवाज सुर्खेत, भेक आवज महावुको रिर्पाेटर भएर काम गरेको थिए भने पछिल्लो समय जनदिशा दैनिक,जनादेश साप्ताहिक,कर्णालि मासिकमा काम गर्ने अवसर पाइएको थियो ।

त्यसै गरी साविकको कर्नालि अंचलमा कसैले पनि अनलाइन शुरु नगरेको अवस्थामा २०७१ साल पौष महिनाबाट www.karnalisanchar.com (कर्नालि संचार )अनलाइनको शुरु गरियो । तत्कालिन अवस्थामा इनटरनेटको अभावका बावजुद २०७३ साल चैत्र सम्म संचालन गरिरहेको अवस्थामा विविध कारण सो अनलाईन बन्द भयो । २०७६ साल चैत्र ११ गते बाट पुन संचालनमा ल्याई कर्नालिको निरन्तर खवर वास्तविक आधार कायम गर्दै कर्नालिको पहिलो अनलाईन बनाउन सफल हुने छु ।


यसका लागि अनलाइन र मलाइ रचनात्मक सुझावका लागि सम्पूर्ण पत्रकार,राजनैतिक दल,नागरिक समाज लगाएतका तमाम शुभचिन्तकहरुमा राससमा काम गरेको दिनको अवसरमा सो अवधिमा काम गर्दा पाएको पारिश्रमिकबाट “रुपगंगा स्मृति पत्रकारिता”का लागि अक्षय कोष स्थापनाको घोषणा गर्दछु ।


आमा रुपकौरा ऐडीको विरामी भएर उपचार नपाएर २०४५ सालमा मृत्यु भएको र बाबा गंगाराम ऐेडीको २०५३ साल जेष्ठ महिनामा दिशा पिशाव बन्द भएको अवस्थामा उपचार हुन नसक्दा मृत्यु भएको थियो । वहांहरुको सम्झनामा उक्त अक्षयकोषको स्थापना गरेको छु ।

५० हजार रासिको अक्षय कोषबाट प्राप्त व्याजबाट जेष्ठ नागरिक र तिनिहरुको स्वस्थ्य अवस्थाको क्षेत्रमा कलम चलाउने कालीकोट जिल्ला स्थित एक जना पत्रकारलाई नगद रु २००० र प्रशंसा पत्र सहित प्रत्येक वर्ष जेष्ठ ७ गतेका दिन सम्मान गर्ने व्यवस्था मिलाईने छ। जय पत्रकारिता जय रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित