पचालझरनाको अबरुद्ध लाफागाड जलविद्युतको काम सुचारु

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको एक मात्र जलविद्युत आयोजनाको बांध पहिरोले भत्काएपछि अबरुद्ध विद्युतको काम शुरु भएको छ ।

साउन पहिलो साता आएको वर्षाका कारण पहिरोले ५० मिटर लामो बांध भत्काएपछि विद्युत अबरुद्ध भएको थियो । उक्त विद्युतको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल लगाएतका जनप्रतिनिधिहरुले स्थलगत अनुगमन पछि काम शुरु भएको बताइएको छ ।

पावरहाउसको नजिक रहेको बांध र पाईप पहिरोले बगाएपछि विद्युत अबरुद्ध भएको र त्यसबाट पचालझरना गाउँ पालिकाका दैनिक काम कार्वाही गर्न कठिन भएको बताइएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले गाउँ पालिकाबाट मर्मतका लागि बजेटको व्यवस्थापन गर्ने गरी काम शुरु गरिएको बताउनु भएको छ । वहांका अनुसार पहाडमा पहिरोका कारण ढुंगा खस्दा ५० मिटर बढि बांध भत्किएकोले काम गर्न शुरु गरिएको समय लाग्ने बताउनु भएको छ ।

गाउँ पालिकामा विद्युतको अभावमा काम ठप्प भएपछि गाउँ पालिकाको लगानिमा मर्मतको काम शुरु भएको लाफागाड जलविद्युत उपभोक्ता समितिका अध्यक्ष विष्णुलाल न्यौपानेले बताउनु भएको छ । वहांका अनुसार काम शुरु गरेको दूइ दिन भैकेको छ अबका ४ देखि ५ दिनको विचमा काम सम्पन्न भई विद्युत सुचारु गर्न लागि परेको बताउदै अहिले ८५ किलो वाट विद्युत उत्पादन हदै आएको र पचालझरनाका वडा न.२को भौने,वडा न.३को खार्दु,वडा न. ४को राम्नाकोट,लाफा र वडा न. ८को नानिकोटका ६ सय ४८ घरधुरीमा विद्युत लाइन विस्तार गरी उज्यालो भइरहेको बताइएको छ ।

पचालझरनाका अन्य वडाहरुमा लाइन विस्तारको काम शुरु भएको छ भने उत्पादन भएको विद्युत खपत हुन नसकेको समितिले जनाएको छ ।

जिल्ला स्थित एक मात्र जलविद्युत आयोजना रहेको पोतमारा स्थित विद्युत गृहमा गएको पहिरोले सदरमुकाम लगाएतमा अन्धकार भएपछि रास्कोट नगरपालिकाका युवा श्रम बैंकको जनशक्ति परिचालन गरी नहर बनाउने काम अन्तिम चरणमा पुगेको कालिकोट विद्युत वितरण केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित