सहयोगिको भरमा गाउँ पालिका कार्यालय

7
SHARES
15
VIEWS

कालीकोट । देश संघियतामा गएको लामो समय पछि स्थानिय स्तरमा सिंह दरबारको आगमनले उत्साहित ग्रामिण क्षेत्रका समुदायमा सिंह दरबारको कुनै गतिविधि नहुंदा जनतामा निराशा छाएको छ । कालीकोट जिल्लाका ३ नगरपालिका र ६ गाउँ पालिकामा प्रत्येक वर्षको अषाढ मसान्तमा निकै भिड लाग्ने गरेको दृष्यहरु देखिने गरेको भएपनि कालीकोटको एक गाउँ पालिकामा न त अषाढ मसान्तको चटारो छ न कुनै वार्षिक कारोबार ? सम्पूर्ण चटारो सदरमुकाममा हुने गरेको छ ।
केवल सो गाउँ पालिकामा कार्यालय सहयोगिले कुर्ने काम मात्र गर्ने गरेको पाइएको छ । जिल्लाको महावै गाउँ पालिकाको कार्यालय रहेको पादमघाटमा कुनै पनि काम कार्वाही नहुने गरेको पाइएको छ । स्थानियहरुले लगातार जनप्रतिनिधि गाउँ पालिकामा बसेर काम कार्वाही गर्ने नगरेको बताउछन ।

आफुहरुलाई सिंह दरबार भन्दा पनि पञ्चायति व्यवस्था राम्रो लागेको बताउन थालेका छन । पछिल्ला तिन वर्षको अवधिमा वर्षको एक पटक गाउँ सभा र पादमघाट मेला बाहेकर अन्य समय जनप्रतिनिधिहरुको उपस्थित नभएको स्थानियको भनाई रहेको छ । स्थानिय मिम बहादुर सिहंले भने एक जना कार्यालय सहयोगि दिनमा आउने र सफा सुग्घर बाहेक अन्य कुनै पनि काम नहुने गरेको बताइएको छ । उनले जनप्रतिनिधिहरुका आ आफु विचमा मेलमिलाप नहुंदा समुदायहरुले सेवा पाउन नसकेको बताए ।

पादमघाटमा व्यवसाय गर्दै आएका स्थानिय व्यापारीहरुले गाउँ पालिकाका कुनै पनि गतिविधि गाउँमा नहुंदा जनतालाई सास्ति भएको बताएका छन । उनिहरुले हरेक विकास निर्माणको काम देखि सम्पूर्ण कारोबार सदरमुकाम मान्ममा हुंदा आफुलाई समस्या हुने गरेको बताए । गाउँमा बैंक छ कर्मचारी बेराजगार छन गाउँ पालिकाको कारोबार हुन्न सानो रकम ल्याउन सदरमुकाम आउनु परेको स्थानियको आरोप छ । गाउँ पालिकामा कुनै पनि निति विधि प्रक्रियामा काम नभएको स्थानियको गुनासो गरेको छन ।
तिन वर्षको अवधिमा मात्र १ वर्ष गाउँ पालिकामा कारोबार पादमघाटमा भएको र पुन सदरमुकामबाट काम कार्वाही हुने गरेको बताइएको छ ।

यस सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कालीकोटका सचिवालय सदस्य तथा महावै निवासि चित्रसिंह गाउँलेले गाउँ पालिकाको केन्द्र पादमघाटबाट दैनिक प्रशासनिक काम सुचारुका लागि नेकपा निकट ३० जना जनप्रतिनिधिहरुले ११ बुद्धे ध्यानाकार्षण पत्र समेत बुझाइएको बताउनु भएको छ । वहांले भन्नुभयो यति बेला गाउँमा बैंक हुंदाहुदै सदरमुकाममा उपभोक्ता आउनु पर्ने बाध्यता रहेकाले तत्काल गाउँबाट सेवा दिन नेकपाले सुझाव दिदै आएको बताउनु भएको छ । नेकपाका नेता चित्रसिंह गाउलेले अगाडी भन्नु भयो महावैबाट जनतालाई सेवा दिन जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध समेत गरेको बताउनु भयो ।

एक वर्ष पादमघाटबाट सेवा दिएको तर के कति कारणले सदरमुकाममा सेवा दिन थालेको हो भनेर बारम्बार आफुहरुले भन्दै आएको र यस आर्थिक वर्ष २०७७।०७८बाट सम्पूर्ण सेवा दिने तयारी भएको बताउनु भएको छ । त्यहांका आउने कठिनाई र आर्थिक व्यवस्थापनका कारण समस्या दसाउदै काम कार्वाही सदरमुकामबाट हुदै आएका छन ।

यस सम्बन्धमा महावै गाउँ पालिका उपाध्यक्ष मनराज शाहीले महावैमा विद्युत,इन्टरनेट लगाएतका सेवामा कठिनाई आएपछि कारोबार हुन नसकेको बताउदै लेखापालले दुई गाउँ पालिकाको कारोबार हेर्नु पर्ने भएकाले सदरमुकामबाट काम कार्वाही गर्नु परेको स्विकार गर्नु भएको छ । वहांले भन्नु भयो आफुहरुले पनि गाउँ पालिकामा गम्भिर समिक्षा गरेर जनता स्थानिय सरकारबाट बञ्चित हुने अवस्था आएको प्रति चिन्तित भएको बताउदै यस आर्थिक वर्ष २०७७।०७८मा सम्पूर्ण कारोबार महावै गाउँ पालिकाको पादमघाटबाट हुने तयारीमा रहेको दावि गर्नु भएको छ ।

अहिले पादमघाटमा रहेको कार्यालयमा सहयोगि भिम बहादुर सिहंले कार्यालयमा आउने र सरसफाई गरेर फकिर्ने गरेका छन । गाउँ पालिकामा बाहिर बाट पत्र आएमा दर्ता समेत नगर्ने गरेको स्थानियहरुले बताएका छन । कहिले जनप्रतिनिधि आउने हुन तिन वर्ष सम्म मात्र पुग नपुग एक वर्ष पादमघाटबाट सेवा दिएको भएपनि पछिल्लो समयमा सदरमुकाम मान्मबाट सम्पूर्ण कारोबार हुने गरेको छ ।

महावै गाउँ पालिकामा आर्थिक आय व्ययको हिसाव किताब निकाल्न नसक्दा आर्थिक वर्ष २०७७।०७८को लागि बजेट विनियोजनका लागि गाउँ सभा समेत हुन नसकेको बताइएको छ । यस सम्बन्धमा महावै गाउँ पालिकाले साउन महिनाको दोस्रो सातमा गाउँमै गाउँ सभाको तयारी गरेको उपाध्यक्ष मनराज शाहीले बताउनु भयो । वहाँले भन्नु भयो दोहोरो भुमिकामा रहेका लेखापालका कारण हिसाव कितावमा ढिलाई भएको हो । अब हिसाव किताव सबै निकालेर गाउँ पालिकामा गएर गाउँ सभामा जुटेको उपाध्यक्षको शाहीको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित