पहिरोले घर बगाउदा रास्कोटमा पांच जना बेपत्ता

7
SHARES
15
VIEWS

कालीकोट । लगातारको पहिरोका कारण रास्कोट नगरपालिकामा घर बगाउदा ५ जना बेपत्ता भएका छन ।

रास्कोट नगरपालिका १ बड्तोला निवासि जय बहादुर शाहीको घर बगाउदा वहाँ सहित ५ जना वेपत्ता भएको बताइएको छ । वेपत्ता हुनेमा घरमुलि जय बहादुर शाही सहित वहांका अन्य ४ जना परिवार रहेको रास्कोट नगरपालिका उपप्रमुख मिमसरा शाहीले बताउनु भएको छ । उपप्रमुख शाहीका अनुसार गएराति आएको वर्षाले घर बगाउदा वेपत्ता भएको र अहिले खोजि कार्यका लागि टोलि परिचालन गरिएको बताउनु भएको छ ।

त्यसै गरी रास्कोट नगरपालिकाको वडा न.९ मा फुगाड खोलाले बेलि बृज पुल सहित बिष्णु बहादुर बुढथापाको  घर समेत बगाएको तर मानविय क्षति नभएको बताइएको छ । उक्त क्षेत्रमा उद्धारको लागि टोलि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

पहिरोका कारण यस अघि नरहरिनाथ गाउँ पालिकाको खुलालमा एक जना पारस खड्का बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित