पहिरोको स्थलगत निरिक्षणमा पचालझरनाका अध्यक्ष सहितको टोलि

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पछिल्लो समय लगातार वर्षा भएपछि आएको बाढि पहिरोले धनजनको क्षति गरिरहेको अवस्थामा पचालझरना गाउँ पालिका अध्यक्ष सहितको टोलि स्थलगत निरिक्षणमा जुटेको छ ।

कर्नालि करिडोरको पचालझरना गाउँ पालिका र रास्कोट नगरपालिकाको फुगाडमा बेलिबृज बगाएको स्थान र पचालझरनाका विभिन्न स्थानमा आएको पहिरोका बारेमा स्थलगत रुपमा निरिक्षण गरिएको बताइएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्याक्ष तारा न्यौपाने,नेकपा पचालझरनाका अध्यक्ष पौरख विक,वडा न. ३का वडाध्यक्ष लोकजंग कठायतको टोलिले निरिक्षण गरेको बताइएको छ ।

कर्नालि करिडोरको विभिन्न स्थानका साथै पचालझरना गाउँ पालिकामा विभिन्न स्थानमा पहिरो गए पछि यातायाात सेवा अबरुद्ध भएको बताउदै गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले अहिले पनि विभिन्न स्थानमा पहिरो गएकाले फुगाड सम्म पुग्न नसकेको बताउनु भएको छ ।

ग्रामिण क्षेत्रमा पनि विभिन्न स्थानमा पहिरो गएको् छ मानविय क्षति नभएपनि पहिरोले असर पारेको अध्यक्ष सेजुवालले बताउनु भएको छ । फुगाढको पुल बगाउदा यहांका समुदायहरुका लागि यातायातमा असर परेको बताइएको छ । यस अघि पनि पहिरो पन्छाउन पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल आफै लाग्नु भएको थियो ।

बारिहपहिराको कारण रास्कोटमा ५ जना वेपत्ता भएका छन भने नरहरिनाथा गाउँ पालिकामा सोमबार एक जना वेपत्ता भएको छन ।बाढिपहिरोका काराण कालीकोट जिल्लामा वेपत्ता हुनेको संख्या बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित