टाकुल्ला खोलाले ५८ वर्षिया अविसरालाई बगायो

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको तिलागुफा नगरपालिकाको टाकुल्लामा एक जना ५८ वर्षिया बृद्धलाई खोलाले बगाउदा वेपत्ता रहेको बताइएको छ ।

खांडाचक्र नगरपालिका वडा न. ५ दाहां निवासि अविसरा शाहीलाई खोलाले बगाउदा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरिक्षक यज्ञराज जैसिले बताउनु भएको छ ।वहांका अनुसार छोरीको घरमा भेटघाटका लागि गएकी बृद्धको घर तिर आउने क्रममा खोलाले बगाएको हो ।

टाकुलला खोलामा एक हप्ता अघि देखि आवतजावतमा कठिनाई भइरहेको छ । यसै गरी कालीकोटमा पहिरोका कारण सान्नित्रिवेणि ७का वेलपुरा शाहीको ज्यान गएको छ भने रास्कोट न.पा.का ५ जना, नरहरिनाथ ८का १ जना र खांडाचक्रन नगरपालिका ५का १ जना गरी ७ जना वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित