कालीकोटमा बाढि पहिरोले १२ जनाको मृत्यु,७ जना वेपत्ता, लाखौं धनमालको क्षति

7
SHARES
15
VIEWS

कालीकोट । लगातारको बाढि पहिरोका कारण कालीकोटका विभिन्न ठाउँमा मानविय तथा धनजनको क्षति भएको छ ।
बाढि पहिरोबाट रास्कोट नगरपालिका वडा न. १मा जयबहादुर शाही सहित ५ जना परिवारको वेपत्ता ,सान्नित्रिवेणिका १मा एक जनाको मृत्यु,नरहरिनाथ गाउँ पालिका ७मा गंगे बुढा सहित ७ जनाको मृत्यु,सोही गाउँ पालिका वडा न.४ बाले बुढा सहित २ जनाको मृत्यु,सोही गाउपालिका ८का १ जना वेपत्ता, खांडाचक्र न.पा.५का एक जना महिला वेपत्ता र महावै ७ मा दुइ वालवालिकाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा बाढि पहिरोबाट जम्मा मृत्यु हुनेको संख्या १२ जना रहेका छन भने ७ जना बेपत्ता रहेको बताइएको छ ।

नरहरिनाथ गाउँ पालिका,स्कोटमा  घाइतेको उपचारका लागि हेलिकप्टरको व्यवस्थापन गरिएको बताइएको छ । रास्कोटका ३ जना घाइते र नरहरिनाथका २ जना घाइतेको उद्धारका लागि सुुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा रहेको मौषम सफा भएपछि उद्धार गरिने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । बाढि पहिरोका कारण मानविय तथा धनमालको क्षति प्रति कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रिको कार्यालय,जिल्ला समन्वय समिति कालीकोट,नेकपा कालीकोट,मजदुर संगठन लगाएतले दुख व्यक्त गरेका छन ।

जिल्लामा बाढि पहिरोबाट पहिलो पटक मानविय क्षति भएको घटना भएको यस अवस्थामा सबैले उद्धारका लागि लागि पर्न अनुरोध गरिएको छ ।
वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा सडक भत्किएको छ भने दर्जनौ घरहरुमा क्षति पुगेको बताइएको छ । त्यसै गरी वर्षाका कारण रास्कोटको फुगाडमा रहेको बेलि बृज,नरहरिनाथको रहगाडको झेलूगें पुलमा क्षति पुगाएको छ । वर्षाका कारण सडक अबरुद्ध भएपछि यातायातका साधन विच बाटोमा रोएिका छन ।

कालीकोट जिल्लामा दैवि प्रकोप व्यवस्थापनका लागि सम्पूर्ण शक्ति परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । जिल्ला स्थ्ति सबै स्थानिय तहहरुले विपद व्यवस्थापनका लागि बाढि पिडितहरुलाई थप व्यवस्थापनका लागि तयारीमा जुटेका छन भने रास्कोटमा श्रम बैंकका युवाहरुलाईै उद्यारका लागि परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित