कालीकोटमा बाढिपिडितलाई राहत र हेलिकप्टर मार्फत विरामीको उद्धार

7
SHARES
15
VIEWS

कालीकोट । लगातारको वर्षाले ठुलो संख्यामा ज्यान लिएको कालीकोटमा कर्नालि प्रदेश सरकारले बाढिपिडितलाई राहत र विरामीको उद्धार गरेको छ ।

कर्नालि प्रदेश सरकार सामाजिक विकास मन्त्रि दल रावतको टोलिले नरहरिनाथ गाउँ पालिका र रास्कोटमा वाढि बाट प्रभावित परिवारलाई खाद्यन्न,लत्ता कपडाको व्यवस्थापन गरेको छ भने विरामीलाई उपचारका लागि हेलिकप्टर मार्फत लगिएको छ ।

लगातारको वर्षाका कारण आउन नसकेको हेलिकप्टर आज घाम लागे पछि कालीकोट आएको हो । आज नरहरिनाथ गाउँ पालिका ३का विरामी पुन्का भण्डारा र रत्ना भण्डारालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । रास्कोटमा पनि ३ जनाको उपचारको हेलिकप्टर मार्फत उद्धार गरिएको बताइएको छ । कालीकोटमा बाढि पहिरोबाट ८ जना वेपत्ता र १२ जनाको ज्यान गइसकेको छ भने करोडौंको धनमाल पशुचौपायामा क्षति पुगेको बताइएको छ ।

नेपालि सेनाको हेलिकप्टर मार्फत मन्त्रि सहित रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बराल लगाएतको सहभािगतामा विरामीको उद्धार गरिएको बताइएको् छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित