रास्कोटका ५ जना विरामीको हेलिकप्टरबाट उद्धार

7
SHARES
15
VIEWS

कालीकोट । बाढि पहिरोबाट घाइते भएका ५ जनाको हेलिकप्टरबाट उपचारमा लिइएको छ ।

रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालको पहलमा आज बाढि पहिरोमा परि घाईते भएका ५ जनाको उपचारमा लिइएको बताइएको छ ।

रास्कोट नगरपालिकाका घाइते विरामीहरु झिमु न्यौपाने, टेके कामी (टमट्टा),यशोदा कामी, मयसरा दर्जि,खेमराज सिमखाडा रहेको रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ ।

कर्नालि प्रदेश सरकारका सामाजिक विकास मन्त्रि दल रावतको टोलिले विरामीको उद्धार गरेको हो भने बाढिपिडितबाट प्रभावित परिवारलाई खाद्यन्न र लत्ता कपडा समेत उपलब्ध गराएको छ । रास्कोट वडा न. १ लहरेलामा जयबहादुर शाहीको घर पहिरोले बगाउदा पांच जना परिवार वेपत्ता भएका छन भने एक जनाको जयन गएको छ ।

नगरपालिकामा सडक,घर भत्किनुका साथै लाखौं धनमालको क्षति पुगेको रास्कोट नगरापालिकाले जनाएको छ । आजै नरहरिनाथ गाउँ पालिकामा बाढिमा परि घाईते भएका दुई जना विरामीको समेत उद्धार गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित