नरहरिनाथमा बाढी पहिरोको क्षेती विवरण बुझ्न टोलि परिचालन

7
SHARES
15
VIEWS

कालिकोट । जिल्लाको नरहरीनाथ गाउंपालिकामा  एक साता देखि परेको अबिरल बर्षा बाट भएको क्षतिको बिवरण संकलनका लागि ९ वटा टोलि परिचालन गरेको छ ।शुक्रवार सबै वडामा टोलि पठाइएको बताइयको छ ।
गाउंपालिकाका नौ वटै वडामा पालिकाका कर्मचारी , सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि र सम्बन्धित वडाका जनप्रतिनिधि सहितको टोलि गठन गरि क्षति भएको वास्तविक  विवरण  ल्याउन टोली परिचालन गरेको नरहरीनाथ गाउपालिका अध्यक्ष धिर बहादुर बिष्टले बताउनु भएको छ ।
अध्यक्ष विष्टका अनुसार  क्षतिको सबै वाास्तबिक विवरण आएपछि राहतको लागि प्रदेस सरकार , संघिय सरकार ,बिभिन्न संघसंस्थालाई आग्रह गरिने बताउनु भयो । सम्पूर्ण वडामा टोलि पुगेको र आइतवार सम्म सबै ठाउँको वास्तविक विवरण आउने अध्यक्ष विष्टको भनाई रहेको छ ।

करिब एक साता भरि आएको अबिरल बर्षाका कारण नरहरीनाथ गाउपालिकामा ११ जनाको ज्यान गएको छ । नरहरीनाथ वडा न ८ खुलालुको पहिरोमा परि पारस भण्डारा , वडा न ७ दुधुल्लिको पहिरोमा परि तुला बटाला  र बांकामा गंगे बुढा, नैना बुढा, कुसा बुढा, बिमला बुढा, राम बुढा ,चन्द्रिका बुढा र चरित्र बुढा वडा न ४ मा बाले बुढा र  वहाकी श्रीमती मना बुढाको मृत्यु भएको थियो  ।

विवरण संकलनका लागि स्थलगत रुपमा माल्कोट पुगेका पुष्प प्रसाद उपाध्यायले बाढि पहिरोले ग्रामिण क्षेत्रमा असज अवस्था सृजना गराएकाले तत्काल पहल चाल्न अनुरोध गर्नु भएको छ ।कर्नालि प्रदेश सरकारले २ लाख र संघिय सरकारले २ लाख गरी ४ लाख राहत दिने र भत्केका घर निर्माणको जिम्मा प्रदेश सरकारले लिने मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले बताइसक्नु भएको छ ।

नरहरीनाथ गाउंपालिकामा करिव एक दर्जन घर बगाए पछि बगाए पछि कयौं परिवारको विचल्लि भएको छ ।सयौको संख्यामा पशुचौपाया मरेका छन भने बाटाघाटा पुलपुलेसामा पनि ठुलो क्षति भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित