कालीकोटको पहिचान : योगि नरहरीनाथ देखि पचालझरना सम्म

7
SHARES
15
VIEWS

कालीकोट । हिमाल र पहाड संग जोडिएको कालीकोट जिल्लामा ३ नगरपालिका र ६ गाउँ पालिका भएको एक विकासको ढोका खुला भएको क्षेत्र हो । यहाँको प्राकृतिक सम्पदा अनि अग्ला हिमाल अनि खोंचै खोचले भरिएको कर्नालि नदि र तिलाको सेराफेरोमा कर्नालि राजमार्ग र कर्नालि करिडोरले सबैको मन लोभ्याउने जिल्ला हो ।

यहाँ मनोरम दृष्यका रुपमा एक भिन्नै पहिचानका रुपमा चिनिदै आएको कालीकोट जिल्ला पर्यटकिय क्षेत्रको नमुनाको रुपमा लिन सकिन्छ । यस जिल्लामा नेपालको अग्लो  पचालझरना,सांस्कृतिक धरोहर धर्मगुरु योगि नरहरीनाथ देखि तिला गुफा,चुलि,पुग, त्रिवेणि धाम र देउरा पाटन जस्ता पर्यटकिय क्षेत्रले महत्व झल्काएको छ । हरेक क्षेत्र एक न एक नामले स्थापित भएर अघि बढेको कालीकोट जिल्लाको पुरानो नाम त्रिविकोट हो ।

मुग्राहको कोटमा रहेको कालिका देविको नामले स्थापित कालीकोटको जुम्ला,दैलेख,अछाम,जाजरकोट, मुगु र बाजुरा सिमा जोडिएको भएपनि धर्म संस्कृति,रहन सहन भने आफ्नै पहिचानको रहेको छ । यहांँ बाजुरा,अछाम र दैलेख हुंदै जुम्ला संग मेल खाने रहनसहन भन्दा पनि सबै संग मिल्ने संस्कृति रहेको छ । त्यहि भित्रको कालीकोट जिल्लालाई स्थापित गरेको छ नेपालको अग्लो पचालझरना ।


कालीकोट जिल्लाको राम्नाकोट गाविसको खार्दुमा अवस्थित पचालझरना तत्कालिन ने क पा(माओवादी)को पहलमा पहिलो पटक जिल्ला विकास समितिको प्राविधिक र बयोबृद्ध जयकृष्ण संज्याल सहितको टोलिले गरेको स्थलगत अध्ययन पछि ३ सय ८१ मिटरको उचाईमा रहेको छ । कालीकोट जिल्लामा रहेको पचालझरना स्थानिय पचालछहडोको नामले चिनिदै आएको छ ।
कालीकोट जिल्लाका तत्कालिन सरोकारवाला निकाय जिल्ला विकास समिति लगाएतको लापरवाहीका कारण बाहिर आउन नसकेको पचालझरनाको महत्व र गरिमा भने कम छैन । हेर्दा मनोरम दिने पचाल झरना मात्र होईन कालीकोट जिल्लामा प्राकृतिक सम्पदाको क्षेत्रमा अति नै भाग्यशालिका रुपमा लिन सकिन्छ ।पचाल झरना कालीकोट जिल्लाको सदरमुकाम मान्मादेखि १८ कोस उत्तर-पूर्वमा रहेको राम्नाकोट गाविस वडा नम्बर ७ र ८ मा पर्ने पचाल झरना ३ सय ८१ मिटर अग्लो झरना हो । कालीकोटको पचाल झरना नेपालकै अग्लो मानिएको अर्को ह्यातुङ झरनाभन्दा करिब १६ मिटर अग्लो भएको जिल्ला प्राविधिक कार्यालयले प्रमाणित गरेको  छ । जंगलको बीचबाट निस्केको पानीको छहराको दृश्य मनमोहक भय पनि पर्यटकीय विकास नहुदा ओझेलमा परेको हो । घना जंगलको बीचमा पर्ने पचाल झरना कर्णाली अञ्चलको चर्चित धार्मिकस्थल पुगमालिकाबाट बग्ने पानीका मूल एकै ठाउँमा मिसिएपछि बनेको छ ।पर्यटन वर्ष २०२०को ६४ औं गन्तव्य स्थलको रुपमा पचालझरना सुचिकृत भएको थियो ।


कालीकोट जिल्लामा अहिले महत्वमा आएका स साना देवस्थल,गुफा मात्र नभइ धार्मिक महत्व बोकेको जिल्लाका रुमा स्थापित भएको छ । कालीकोट जिल्लामा मध्य तथा सुदुरपश्चिमको बाजुरा र कालीकोटको विचमा पर्ने बडिमालिका मन्दिर,कालीकोटको बदालकोटमा रहेको चुलिमालिका मन्दिर,राम्नाकोटमा रहेको पुगमालिका मन्दिर,ओदानकुमा रहेको महावु मन्दिर,रकुमा रहेको गडुलास्नि,चिल्खायामा रहेको तिला गुफा,खमाले गुफा,रास्कोटको त्रिबेणि पाटन,चिल्खायाको रुडुबञ्चु,बदालकोटको नौमुल,मान्ममा रहेको पञ्चदेवल, कोटदरवार,नेपालको लामो नदि कर्णालि र तिलाको संगम स्थल जितेबजार लगाएतका जिल्लाको नामलाई उचो राख्ने सम्पदा रहेका छन ।

कालीकोट जिल्लामा विभिन्न क्षेत्रमा विकास निर्माण देखि सामाजिक क्षेत्रमा पछि परेका समुदायको खानिका रुपमा देश तथा विदेशमा कर्णालि चिनिएको छ । कर्णालिमा मुगु राराताल,नेपालको अग्लो स्थानमा रहेको शे फोक्सुण्डो ताल,जुम्लाको धार्मिक स्थल चन्दननाथ,मुगुको छायानाथको बर्णन गरिसक्नु छैन ।


कालीकोट जिल्ला भएर बग्ने कर्णालि नदिमा रहेको फुकोट हाइड्रोलाई राष्ट्रिय गौरवको आयोजनामा परेको छ भने तिला नदिबाट संचालनमा आउने तिला हाईड्रो पावर एक र दुई बाट निस्किने विद्युतले कर्णालिलाई मात्र होईन मध्य तथा सुदुरको उज्यालो दिने सम्भावना बढेको छ ।ति आयोजनाहरु अहिले सम्म कुनै सुरसार भएको देखिदैन । तर पनि भविष्यका कर्णाधारहरुका लागि आशाको केन्द्र भएको छ ।


समुद्रि सतह देखि सात सय ३८ देखि चार हजार सात सय ९० मिटर उचाईमा रहेको यस जिल्लामा एक हजार सात सय ४१ बर्ग कि.मि. क्षेत्रफल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित