माल्कोटलाई युद्ध पर्यटकिय क्षेत्र बनाउने तयारीमा छौं —तुलराज विक

7
SHARES
15
VIEWS

कालीकोट । तत्कालिन नेकपा(माओवादी) जनयुद्धको महत्वपूर्ण भुमिका खेलेको कालीकोटको माल्कोटलाई नरहरिनाथ गाउँ पालिका वडा न. ६का वडाध्यक्ष तुलराज विकले युद्ध पर्यटकिय क्षेत्र बनाउन आफु लागि परेको बताउनु भएको छ । जनयुद्धका समयमा ठुलो देन रहेको माल्कोटलाई युद्ध संग्राहलयका रुपमा स्थापित गरी सबै भन्दा पहिला जनयुद्ध शुरु ताका प्रहरी संग मुकाविला गरी महिलाहरुले हतियार खोसेको क्षेत्र भएकाले त्यसको इतिहांस कायम गर्न स्थानिय सरकारले पहल चालेको बताउनु भएको हो ।

आफुले पहिलो प्राथमिकतामा दुई कुरालाई राखेको बताउदै वडाध्यक्ष तुलराज विक(दैलेखि)ले माल्कोटलाई पहिलो युद्ध पर्यटकिय क्षेत्र र दोस्रोमा सुदुरपश्चिम प्रदेशको पर्यटकिय क्षेत्र रामारोशन जोड्ने पदमार्गका लागि विभिन्न निकायमा अनुरोध गरिएको र त्यसका लागि बजेट व्यवस्थापनका लागि आफुले विशेष भुमिका निर्वाह गर्ने बताउनु भएको छ । वहांले आफ्नो वडाका दुई वटा माध्यमिक विद्यालयमा शिक्षा आर्जनका लागि असाहाय वालवालिकाहरुलाई विशेष राहत उपलब्ध गराउदै आएको र वडामा निरक्षर मुक्त बनाउन पहल चालेको समेत बताउनु भएको छ ।
कृषि क्षेत्रको प्रसंगमा वडाध्यक्ष दैलेखिले स्थानिय निकाय र सहकारी संस्थाको पहलमा कृषि विउ विजन तथा फलफुलका विरुवा वितरणको कार्यक्रम समेत संचालन गरिएको र कृषकहरुले उत्पादन गरेको वस्तु स्थानिय स्तरमा खपत हुने र ठुलो पैमानामा उत्पादित वस्तु बजार अभावमा खपत हुन समस्या भएको बताउनु भएको छ । वहाँले कृषि क्षेत्रमा पोलिहाउस,विउ विजन लगाएतका कार्यक्रमबाट कृषकहरुले विगतको तुलनामा अहिले उत्पादन गर्नुका साथै अगुवा कृषकहरुको भुमिका निर्वाह गर्न लागि परेको बताउनु भएको छ ।

त्यसै गरी वडामा स्वस्थ्य उपचारका लागि १ घण्टा बढि समय लाग्ने भएकाले स्वस्थ्य इकाई बनाउनका लागि जग्गा समेत भएकाले भवनका लागि शुरुवात गरिने समेत बताउनु भएको छ । वडा कार्यालयका नाममा ३ हजार ९ सय २० वर्गमिटर जमिन रहेकाले वडा कार्यालय र स्वस्थ्य इकाइ भवन निर्माणका लागि पहल चालिएको बताइएको छ ।

वडाध्यक्ष तुलराज विक नेकपा कालीकोटका जिल्ला सदस्य समेत हुनुहुन्छ भने तत्कालिन नेकपा(माओवादी)केन्द्र बाट नरहरिनाथ गाउँ पालिका वडा न. ६ माल्कोटको वडाध्याक्षमा विजयि हुनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित