कर्नालीका अग्रज पत्रकार रोकायाको निधन

7
SHARES
15
VIEWS

हुम्ला ।पञ्चायती व्यवस्थाको कालरात्रीको कठोर समयमा सचेतनाको बिगुल फुक्ने पत्रिका बेन्नुको प्रकाशनकालदेखि पत्रकारिता आवद्ध कर्नालीका एक व्यावसायीक सिर्जनशील, उर्जाशील र खोज पत्रकारिताको माध्यमबाट कर्नालीको हुम्लालाई राष्ट्यिस्तरमा चिनाउने हुम्ली पत्रकारिताका गुरु, सामाजिक अभियन्ता, हुम्ली कम्युुनिष्टका अगुवा लगायत विभिन्न क्षेत्रका अगुवा सर्जक जयबहादुर रोकायाको ६५ वर्षको उमेरमा २०७७ साल साउन १७ गते शनिवारका दिन दिउँसो करीब चार बजेतिर असामयिक रुपम निधन भएको छ ।

कर्नालीको साझा आवाजको रुपमा प्रकाशन हुने बेन्नु पत्रिकामा आवद्ध भएर जेवी प्यासीको रुपमा लेख रचना प्रकाशन गरेका छन् । २०२४ सालपछि कर्नालीका जागरुक युवाहरुको समुहले शुरुवात गरेको बेन्नु पत्रिकाको कोर टिममा सहभागी भएर पत्रकारिताको माध्यमबाट आफु र आफ्नो समाजलाई सचेत बनाउनुका लागि ठूलो र कठिन संघर्षले नै हुम्लामा कम्युनिष्टका गुरु, पत्रकारिताका गुरु, सामाजिक सचेतनाका अग्रज र व्यवासायीहरुको साझा मञ्च उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष जस्ता विभिन पदहरुमा रहेर प्रगतिशील समाजको निर्माणका लागि करीब एक वर्ष जेल बसेका रोकायाको प्रगतिशील र फरक विचार रहेको सिमकोट गापा ५ का धर्मराज रोकायाले कनकपत्र डट कमालाई जानकारी दिएका छन् ।

नेपाल पत्रकार महासंघ हुम्ला शाखाका सस्थापक अध्यक्ष, उद्योग वाणिज्य संघ, हुम्लाका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य, स्नोल्याण्ड एकीकृत विकास केन्द्रका एक संस्थापक, रेयुकाईका संस्थापक अगुवा, कर्नाली पहिलो दर्ता पत्रिका पत्रिका हिमाली मुस्कान मासिकका व्यवस्थापक लगायत विभिन्न क्षेत्रका गुरु, अगुवा, संस्थापक, अग्रज तथा सामाजिक अभियन्ता जयबहादुर रोकायाको निधनले हुम्ला लगायत सिंगो कर्नालीलाई अपूरणीय क्षति बनाएको मत पत्रकार राजन रावतको रहेको छ ।

विद्रोही, स्वाभिमानी, सरल, पगतिशील र सादा जीवन उच्च विचारका धनी रोकायाले हुम्लीलाई नयाँ बाटोमा लाग्न सिकाएको हुम्ला जिल्लाबाट संघीय सांसदमा प्रतिनिधित्व गर्नु हुने सांसद छक्कबहादुर लामाको संगाती अनुभव रहेको छ ।

केही दिनको पक्षधातले बिरामी परेका रोकायालाई त्यही बिरामले सधैँका लागि हामीहरु माँझबाट चिरनिद्रा पु(याएको छ । आजै नेपाल पत्रकार महासंघ हुम्ला शाखाको आपतकालीन बैठक बसी शोक प्रस्ताव पारित गरेको छ भने हुम्लाका पत्रकारिताका गुरु जयबहादुर रोकायाको नाममा अक्षय कोषको स्थापना सहित पत्रकारिता पुरस्कारको स्थापना गर्ने नेपाल पत्रकार महासंघ हुम्ला शाखाले जानकारी दिएको छ  ।

# कनपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित