कर्नालि प्रदेश सरकारले बाढिपिडितको घर निर्माण गर्न १ लाख दिने

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेश सरकारले बाढिपहिरोका क्रममा घर भत्काएका पिडितको घर निर्माणका लागि १ लाख रकम सहयोग गर्ने भएको छ ।

शनिवार बसेको मन्त्रि परिषदको बैठकले वाढिपिडितको घर निर्माणका लागि १ लाख रकम र तिन महिना सम्म खाद्यन्नको व्यवस्था गर्ने प्रदेश सरकारका प्रवक्ता विमला केसिले जानकारी दिनु भएको छ । वहांका अनुसार जाजरकोटको सरकारी वकिल कार्यालयको भवन निर्माणका लागि जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा सहमति दिने समेत भएको निर्णय भएको बताइएको छ ।

यस अघि कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले बाढि पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारबाट २ लाख र संघिय सरकारको तर्फबाट २ लाख गरी ४ लाख राहत दिने घोषणा गरि सक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित