के हो ‘किसान क्रेडिट कार्ड’ ? कसरी पाउँछन् किसानले लाभ ?

7
SHARES
15
VIEWS

काठमाडौं । चालु आर्थिक वर्षको खेतीपाती गर्ने साना किसानलाई सहुलियत ऋण दिन किसान क्रेडिट कार्ड शुरु गर्ने घोषणा गर्‍याे।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कृषि विकास ब्यांक मार्फत किसान क्रेडिट कार्ड शुरु गर्ने उल्लेख गरेको छ।

सरकारले अघि सारेको यो नयाँ खालको कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि बनिरहेको र ढिलोमा कात्तिक महीनासम्ममा कार्यक्रम शुरु गर्ने कृषि विकास बैंकले बताएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले यसको कार्यविधि निर्माणसहित परीक्षण र अन्य प्राविधिक काम भइरहेको जानकारी दिए।

कृषि विकास बैंकले किसान क्रेडिट कार्डको अवधारणा तयार गरेर राष्ट्र ब्यांकमा प्रस्तुत गर्छ । राष्ट्र ब्यांकले त्यसलाई स्वीकृत गरेपछि कार्यान्वयनमा जाने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए।

तर, यो कार्यक्रमको लाभ सामान्य किसानले पाउँछन् भन्नेमा धेरैको आशंका छ । के साधारण किसानले सरकारी स्वामित्वको कृषि विकास ब्यांकबाट धितो नराखी सानातिना कर्जा पाउँछन् ? कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला किसानले मल, बीउ खरीद गर्न तथा भइपरी आउने खर्च जुटाउन चर्को ब्याजदरमा सुदखोरसँग ऋण लिन नपरोस् भनी यो कार्यक्रम अघि सारिएकाले प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताउँछन्।

कृषि विकास बैंकमा खाता खोलेपछि किसानलाई ब्यांकले निश्चित रकमसम्म खर्च गर्न मिल्ने सीमा तोकेर क्रेडिट कार्ड जारी गर्छ। यो क्रेडिट कार्ड मार्फत किसानले खेतीपाती गर्न चाहिने मलखाद, कीटनाशक औषधि, कृषि औजार खरीद गर्दाको रकम भुक्तानी गर्न सक्छन् । तर, यस्ता क्रेडिट कार्ड एटीएम बुथ वा पीओएस मेसिनमा भने चल्दैनन् । बैंकले तोकेका बैंकको भुक्तानी प्रदायक (एजेन्ट) मार्फत कार्डमा भएको क्यूआर कोड स्यान गरेर रकम भुक्तानी गर्न मिल्छ।

बैंकलाई किसानले यो उधारो रकमको भुक्तानी बालीनाली बेचेर पैसा हात परेपछि तिरे हुन्छ । र, यसको ब्याजदर पनि थोरै हुन्छ। यो क्रेडिट कार्ड मार्फत निश्चित रकम नगदै पनि निकाल्न सकिने व्यवस्था गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय बताउँछन् । “खेतीपातीको ज्याला तिर्न वा अरु भैपरी आउने कामका लागि निश्चित सीमासम्म नगद नै निकाल्न मिल्ने व्यवस्था पनि गर्ने योजना छ,” उपाध्यायले भने।

यो कार्ड जारी भएपछि कृषि विकास बैंकबाट ऋण लिने किसानले पनि दोस्रो वा तेस्रो किस्ता ऋण रकम झिक्न ब्यांकसम्म पुग्नुपर्दैन, क्रेडिट कार्ड मार्फत नै रकम पाउन सक्छन्। त्यस्तै, सरकारले कुनै अनुदान दिंदा पनि बैंकमा रहेको खाता र कार्ड मार्फत नै उपलब्ध गराउँछ।

बैंकले क्रेडिट कार्डसँगै किसान लक्षित छुट्टै एप्लिकेसन पनि निर्माण गरिरहेको छ, जसमा युजर नेम र पासवर्ड राखेर किसानको परिचयसहितका विवरण राखिन्छ ।

पहिलो चरणमा किसान क्रेडिट कार्ड जारी गर्ने र दोस्रो चरणमा किसानलाई एप्लिकेसन मार्फत कृषि सम्बन्धी अत्यावश्यक जानकारी समेत दिने ब्यांकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए । उनले कार्यक्रम सफल हुँदै गएमा थप सुविधा र योजनाहरु समावेश गरिने बताए । “बजार भाउ, बीउबिजन, मलखाद, मौसमी जानकारी आदि पनि एप मार्फत दिन्छौं,” उनले भने।

भारतमा किसान क्रेडिट कार्डको यो कार्यक्रम सफल मानिन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय किसानलाई लाभ दिन महत्वाकांक्षी किसान क्रेडिट कार्ड कार्यक्रम अघि सारेका थिए ।

यो कार्यक्रम अन्तर्गत ४ प्रतिशत ब्याजदरमा किसानले रु. १ लाख ६० हजारसम्म बिना धितो ऋण पाउँछन्, जसलाई क्रेडिट कार्डमार्फत खर्च गर्नसक्छन् । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले करीब करीब भारतकै मोडेलमा नेपालमा पनि यो कार्यक्रम प्रस्ताव गरिएको तर यसको अन्तिम टुंगो भने कार्यविधि निर्माणपछि मात्रै लाग्ने बताए।

#himalkhabar weklly

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित