पचालझरनामा आमा समुहलाई सेनिटरी प्याड बनाउदै रेडक्रस

7
SHARES
15
VIEWS

कालीकोट । स्वस्थ्य र सरफाईमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटी कालीकोटले पचालझरनाका आमा समुहलाई सेनिटरी प्याड बनाउन तालिम संचालन गरेको छ ।

पचालझरना वडा न. ८का आमा समुहमा आवद्ध महिलाहरुलाई स्थानिय स्तरमा पाइने पुन प्रयोग गर्न मिल्ने सामाग्रिबाट सेनिटरी प्याड बनाउन सिप सिकाइएको हो ।

पचालझरना गाउँ पालिकाको वडा न. ८ नानिकोट (भिटा)का १२ जना महिलाहरुलाई उक्त सिप सिकाइएको रेडक्रस पचालझरना संयोजक विर्ख विकले बताउनु भएको छ । वहांका अनुसार उक्त तालिममा रेडक्रस जिल्ला संयोजक शैलेश श्रेष्ठ लगाएतको सहभागितामा सिप सिकाइएको बताउनु भएको छ ।

यस अघि पचालझरनामा स्वस्थ्य तथा सरसफाई क्षेत्रमा आमा समुह तथा महिला स्वस्थ्य स्वयंमसेविकालाई ग्रामिण स्तरमा सरसफाइका लागि अभिमुखिकरण तथा अन्य कार्यक्रम गर्दै आएको बताउनु भयो ।

पचालझरनामा पाइने पुन प्रयोग गर्न मिल्ने कपडाबाट सेनिटरी प्याड बनाउन सक्षम भएपछि महिलाहरुले आफु मात्र नभइ अन्य महिलाहरुलाई विक्रि गर्न सक्ने र सो बाट आम्दानि लिन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित