कालीकोट । जिल्लामा सबै भन्दा बढि मानविय क्षति व्यहोरेको नरहरिनाथ गाउँ पालिकामा आज अध्यक्ष धिर बहादुर विष्ट, उपाध्यक्ष मनशोभा बुढा सहितको टोलिले स्थलगत रुपमा बाढिपिडितलाई भेटघाट गरेको छ ।
गाउँ पालिकामा बाडिपिडितबाट वस्तविक क्षतिको विवरण संकलन गरे पछि जनप्रतिनिधिबाट बाढिपिडितलाइ घरमा गएर भेटघाट गरिएको गाउँ पालिका उपाध्यक्ष मनशोभा बुढाले बताउनु भएको छ । वहांले भन्नु भयो बाढि पिडितका घरमा पुगेर गाउँ पालिकाबाट केही सहयोग गरेका छौं अन्य राहतका लागि संघिय सरकार,प्रदेश सरकार र विभिन्न संघ संस्थाबाट सहयोग मिल्ने आशा व्यक्त गर्नु भएको छ ।
नरहरिनाथ गाउँ पालिकामा बाढिपहिरोबाट ११ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।
यस अघि कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले मृतकलाई प्रदेश सरकारले २ लाख र संघिय सरकारले दुई लाख राहत दिने घोषणा गरिसक्नु भएको छ ।
Discussion about this post