काठमाडौं । आज गाईजात्रा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा मनाइँदैछ । विशेषगरी नेवार समुदायमा मनाइने पर्वमा मृत्यु भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गराउने प्रचलन छ।
तर, यो वर्ष भने कोभिड महामारीको जोखिम रहेकाले पहिले जस्तो रौनक देखिएको छैन। सरकारले उच्च सतर्कता अपनाएर चाडपर्व मनाउन आग्रह गरेको छ।
Discussion about this post