कर्नालि प्रदेश सरकारबाट बाढिपिडितलाई हेलिकप्टर मार्फत खाद्यन्न वितरण 

7
SHARES
15
VIEWS

कालीकोट । बाढि पहिरोका कारण पिडितहरुलाई कालीकोटमा हेलिकप्टर मार्फत खाद्यन्न वितरण गरिएको छ ।

कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको उपस्थितिमा कालीकोटका रास्कोट नगरपालिका,नरहरिनाथ गाउँ पालिका र सान्नित्रिवेणि गाउँ पालिकाका बाढिपिडितलाई खाद्यन्न वितरण गरिएको हो । प्रदेश सरकारले कालीकोटका बाढिपिडितलाई दाल,चामल,तेल हस्तानत्रण गरेको हो ।

रास्कोट नगरपालिकामा १ सय कुयन्टल चामल,खांडाचक्र नगरपालिकामा २५ कुयन्टल,नरहरिनाथ गाउँ पालिकामा ५० कुयन्टल र सान्नित्रिवेणि गाउँ पालिकामा २५ कुयन्टल चामल स्थानिय तहलाई हस्तान्तरण गरिएको हो । त्यसका साथै बाढिपिडितलाई क्रिपाल र खानेपानि शुद्धिकरणका सामाग्रि समेत तिरण गरिने भएको रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । पहिलो चरणमा नरहरिनाथ गाउँ पालिकामा हेलिकप्टर मार्फत नेपाल खाद्यन्न संस्थानको चामल पुगाएको छ भने रास्कोट र सान्नित्रिवेणिमा समेत हेलिकप्टर मार्फत खाद्यन्न वितरण गरिएको बताइएको छ । कालीकोटको सदरमुकाम मान्मबाट सबै स्थानिय तहमा हेलिकप्टर मार्फत  राहतका लागि नेपाल खाद्यन्न संस्थान कालीकोटको गोदामबाट उक्त चामल लिएको हो ।

यस अघि कर्नालि प्रदेश सरकारले लत्ता कपडा र पालको व्यवस्थापन गरेको थियो भने नरहरिनाथ गाउँ पालिकाबाट बाढिपिडितलाई खाद्यन्न समेत सहयोग गरिएको नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिरबहादुर विष्टले बताउनु भएको छ । बाढि पहिरोका कारण कालीकोटमा १७ जनाको मृत्यु भएको थियो भने ६ जना वेपत्ता भएका थिए भने लाखौं धनजनको क्षति भएको छ ।

कर्नालि प्रदेश सरकारले बाढिका क्रममा मृत्यु भएका परिवारलाई २ लाख र संघिय सरकारले २ लाख राहत दिने र घर भत्किएकाहरुको लागि घर निर्माण गर्न १ लाख सहयोग गर्ने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित