कर्नालि बासिले कुनैपनि अभाव महसुस गर्ने वातावरण हुन दिन्नौ –मुख्यमन्त्रि शाही

7
SHARES
15
VIEWS

कालीकोट । बाढिपिडितलाई हेलिकप्टर मार्फत खाद्यन्न वितरणका क्रममा रास्कोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले कर्नालि प्रदेशका कुनै पनि जनताले अभावको महसुस गर्ने वातावरण हुन नदिन प्रदेश सरकार लागि परेको बताउनु भएको छ ।

रास्कोट नगरपालिकाको स्युनामा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रि शाहीले तत्कालिन समयमा कर्नालिलाई ठगेको भएपनि अहिले कर्नालि प्रदेश सरकारले कर्नालि बासिका लागि विभिन्न कार्यक्रम ल्याएकाले जनताको साथमा प्रदेश सरकार भएकाले अभावको महसुस हुन नदिने बताउनु भएको हो ।

कार्यक्रममा कर्नालि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि नरेश भण्डारीले कर्नालिमा बाढिले क्षति पुगाएका प्रत्येक वस्तिमा विपदको घडिमा जनताको साथमा रहेर राहतका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ । गएको साउन दोस्रो साता आएको पानिले कालीकोटका मानविय क्षति सहित लाखौ धनमालको क्षति पुगाए पछि मुख्यमन्त्रि शाहीले दुई पटक स्थलगत अनुगमन गरिसक्नु भएको छ ।

यस अघि प्रत्येक गाउँ पालिकाका जनतालाई लत्ताकपडा सहितको राहत लिएर पुग्नु भएका मुख्यमन्त्रि शाही आज कालीकोटका रास्कोट नगरपालिका,खांडाचक्र नगरपालिका,नरहरिनाथ गाँउ पालिका र सान्नित्रिवेणिमा खाद्यन्न लिएर हेलि कप्टर मार्फत खाद्यन्न वितरण गर्नु भएको हो बाढिपिडितलाई खाद्यन्न पाल र पानि शुद्धिकरणको सामाग्रि वितरण गरिने रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित