कालीकोटमा १० जना कोरोना जितेर घर फर्के

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा एकै पटक १० जनाले कोरोना जितेर घर फर्किएका छन । घर फर्किनेमा रास्कोट नगरपालिकाका ५ जना,सान्नित्रिवेणि गाउँ पालिकाका ४ जना र नरहरिनाथ गाउँ पालिकाका १ जना गरी १० जना डिस्चार्ज भएको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

कार्यालयका अनुसार प्रदेश अस्पताल तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा १० जनाको रिर्पाेट नेगेटिभ आएको बताइएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका   निमित्त स्वस्थ्य  सेवा व्यबस्थापक डा.भिष्म प्रसाद पोख्रेल द्धारा हस्ताक्षरित अद्यावधिक विवरणमा सो कुरा उल्लेख गरिएको छ ।

अद्यावधिक विवरणमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको बताइएको छ । त्यसै गरी अब जिल्लामा २ जना महिला मात्र आइसोलेसनमा रहेको बताइएको छ ।

कालीकोटमा जम्मा कोरोना संक्रमितको संख्या ६३ जनामा ६१ जना निको भएर घर फर्केका छन भने २ जना मात्र आइसोलेनमा रहेको जिल्ला स्वस्थ्य अधिकृत कटक महतले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित