कालीकोटमा ४ जनामा कोरोना संक्रमित देखियो

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पछिल्लो पटक ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लाको रास्कोट नगरपालिका र सान्नित्रिवेणि गाउँ पालिकाका ४ जनामा संक्रमण पुष्टि भएको हो । खांडाचक्र नगरपालिकाको आइसोलेसनमा रहेका सान्नित्रिवेणि गाउँ पालिकाका ३ जना र रास्कोट नगरपालिकाका १ जनामा संक्रमण देखिएको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका सुचना अधिकृत कटक महतले बताउनु भएको छ । वहांका अनुसार पशु अस्पताल तथा पशुपन्छि रोग अन्वेषण केन्द्र सुर्खेतमा गरिएको पिसिआर परिक्षणका क्रममा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

कालीकोट जिल्लामा विहबार मात्र १० जनाले कोरोना जितेर घर फर्केको भोलि पल्ट ४ जनामा संक्रमण देखिएको बताइएको छ ।

जिल्लामा हाल सम्म ६७ जनामा देखिएको कोरोनामा निको भएर ६२ जना निको भएर घर फर्किएका छन भने अब जिल्लाका रास्कोट नगरपालिका र खांडाचक्र नगरपालिकामा ३ जना महिला र २ जना पुरुष गरी ५ जना आइसोलेसनमा रहेको अधिकृत महतले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित