कसरी सकिन्छ मानिस सधैं जवान रहने रहस्य खुल्यो

7
SHARES
15
VIEWS

काठमाडौ । तपाइलाई सुन्दा पनि अचम्म लाग्याे हाेला तर याे साँचाे हाे । वैज्ञानिकहरूले मानव शरीरको हाडमा जवानीको र’हस्य लुकेको पत्ता लगाएका छन् । हाडहरूमा रहेको विशेष किसिमको हर्मोनको मात्रा सही भएमा बुढ्यौलीले छुन नसक्ने अनि स्मरणशक्ति पनि कमजोर नहुने बताएका छन्

अमेरिकाको कोलम्बिया विश्वविद्यालयको जेनेटिक्स विभागका प्राध्यापक जेरार्ड कारसेन्टी र उनको टोलीले विगत ३० वर्षदेखि हाडमा लुकेको रहस्यका विषयमा अनुसन्धान गरिरहेका थिए । हाडमा उत्पन्न हुने ओस्टियोकाल्सिन हर्मोनमा अनुसन्धान गर्दै जाँदा उनले उक्त हर्मोन हाडहरूमा पुराना टिस्युलाई हटाएर नयाँ टिस्यु बनाउन समर्थ रहेको बताए ।

यही हर्मोनका कारण हाम्रो हाइट पनि बढ्ने गरेको छ । जेरार्डले मुसाहरूको जिन निकालेर अध्ययन गर्दा यस हर्मोनले शरीरका प्रतिक्रियाहरूलाई प्रभावित गर्छ । हाडको संरचनाले शरीरलाई उभ्याउने मात्र नभई शरीरका अनेकौं क्रियालाई प्रभावित पार्ने उनले बताए ।

हाडभित्र रहेका टिस्यु शरीरका अन्य ‘टिस्यु’सँग मिलेर आफैं हर्मोन बनाउने र अन्य अं गसम्म संकेत पुर्‍याउने काम गर्छन् । त्यसबाट बुढ्यौली रोक्न र स्मरणशक्ति बढाउन सहायता प्राप्त हुन्छ । प्राध्यापक कारसेन्टीका अनुसार, बुढ्यौली लाग्न नदिन शरीरमा ओस्टियोकाल्सिन बढाउनुको विकल्प छैन ।

नियमित कसरत गर्दा हाडहरू आफैंले ओस्टियोकाल्सिन बनाउन थाल्छन्?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित