टिप्पर दुर्घटनाका पिडित बालकलाई हिमचुलि द्धारा सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाको टिप्पर लालिघाट दुर्घटना हुंदा घाइते वालक देबराज शार्कीलाई सामाजिक दायित्व अन्तरगत हिमचुलि कृषि सहकारी संस्थाले सहयोग गरिएको छ ।

पिडित बालकका आफन्तबाट दुध खुवाउने समस्या आएपछि जिल्ला सदरमुकाममा सहयोग माग्न आएको बताएका थिए । पिडित बालकका बुवा गोविन्द शार्कीलाई हिमचुलि कृषि सहकारी संस्थाको बाल राहत कोषबाट २ हजार,संस्थाका अध्यक्ष काली बहादुर महताराले १ हजार र अन्य स्टाफबाट ५ सय गरी ३ हजार पांच सय सहयोग गरिएको हो । सहयोग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष काी बहादुर महताराले बच्चाको नाममा आएको सहयोग बच्चालाई लगानि गर्नु पर्ने सुझाव दिनु भएको हो ।

संस्थाले खडा गरेको सामाजिक बिकास कोष बालवालिका र जेष्ठनागरिकहरुलाई थोरै भएपनि राहत दिने शुरुवात गरेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ । वहांँका अनुसार आर्थिक वर्ष २०७६।०७७मा जिल्ला भर २२ जना बालवालिकाहरुलाई औषधोपचार तथा शैक्षिक राहत दिएको बताइएको छ । टिप्पर दुर्घटनाका क्रममा पानिमा डुबेको अवस्थामा देवराजको उद्दार गरिएको थियो । उक्त घटनामा ४ जनाको ज्यान गएको थियो भने १ जना वेपत्ता भएका छन ।

रास्कोट नगरपालिकाले यस अघि ५० हजार क्रिया खर्च उपलब्ध गराएको छ भने घटनाका मृतकका आफन्तलाई एक हप्ता भित्र १० लाख राहत दिने बताइ सकेको छ । उक्त घटनामा टिप्पर चालक रंगनाथ धमाला हिरासतमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित