पचालझरना गाउँ पालिकामा उद्योग संचालनमा पहिलो प्राथमिकतामा

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पचालझरना गाउँ पालिकामा उद्योग संचालन गर्न गाउँ पालिकाले विशेष प्राथमिकता दिने भएको छ ।

गाउँ पालिकाको छैटौं गाउँ सभामा पारित बजेट अनुसार गाँउ पालिकामा विभिन्न उद्योग संचालन गर्न ६५ लाख बराबरको बजेट विनियोजन गरेको बताइएको छ । पचालझरना गाउँ पालिकामा अधिक मात्रामा पाइने चिउरी प्रशोधन उद्योग,जाम जेलि र जडिबुटी उद्योग संचालनका साथै मिनिरल वाटर उत्पादनमा लगानि गर्ने गाउँ पालिकाले जनाएको छ ।

गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले संघिय ससर्त अनुदानबाट ५० लाख र गाउँ पालिकाको १५ लाख गरी ६५ लाख रकम विनियोजन गरिएको बताउनु भएको छ । वहाँका अनुसार गाउँ पालिकामा उत्पादन बृद्धि र आत्मनिर्भर बनाउनका लागि उद्योग क्षेत्रमा विशेष जोड दिएको गाउँ पालिका अध्यक्ष सेजुवालले बताउनु भएको छ ।

अहिले पचालझरनामा चिउरीबाट तेल,ढटेलोको तेल,काउलो ओखर लगाएतबाट परम्परागत रुपमा तेल उत्पादन गर्दै आएका छन । पचालझरना गाउँ पालिकाको वडा न.१,२,३ र ४ वडामा स्थानिय महिलाहरुले परम्परागत रुपमा चिउरीको तेल निकाल्दै आएको बताइएको छ ।

स्थानिय शिक्षक जय सेजुवालले परम्परागत रुपमा तेल निकाल्दै उक्त तेलबाट चाड पर्व समेतमा प्रयोग गर्ने गरेको बताउनु भएको छ । चिउरीको तेलबाट औषधिको रुपमा प्रयोग गर्ने समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित