रास्कोटले बाढिपहिरो क्षतिको विवरण सार्वजनिक गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । साउन पहिलो साता आएको बाढिका कारण रास्कोट नगरपालिकामा क्षति भएको विवरण सार्वजनिक गर्ने भएको छ ।

रास्कोट नगरपालिकामा सर्वदलिय तथा सर्व पक्षिय स्थलगत रुपमा एक साता देखि गरिएको अनुगमनको विवरण सार्वजनिक गर्ने तयारी गरेको रास्कोट नगरपालिकाले जनाएको छ । रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालले नगरपालिकामा लाखौं धनमालको क्षति भएको,पुल,धारा तथा खेतबारिको वास्तविक विवरण संकलन गरिएको् छ ।

उक्त विवरण एक कार्यक्रमका विच सार्वजनिक गर्ने बताउनु भएको छ । रास्कोट नगरपालिकामा बाढिपहिरोबाट २ जनाको ज्यान गएको थियो भने ५ जना वेपत्ता भएका छन ।

बाढिपिडितलाई कर्नालि प्रदेश सरकारले लत्ता कपडा तथा खाद्यन्न वितरण गरेको छ भने मृतकका परिवारलाई कर्नालि प्रदेश सरकारले २ लाख र संघिय सरकारबाट २ लाख राहत दिनुका सथौ घर भत्केका परिवारलाई प्रदेश सरकारले १ लाख रकम दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित