बाढि पहिरोले पचालझरनाको धमालिमा ७ घर उच्च जोखिममा

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको धमालिमा गए राति पहिरो जांदा ७ घर उच्च जोखिममा रहेका छन । पचालझरना वडा न. २ धमालिमा रहेका प्रेम तिरुवा, राज बहादुर बम,लोगबहादुर बम, बैशाखे लुवार,नान्दरा शाही,निलो लुवार र नर्जन लुवारको घर उच्च जोखिममा रहेका बताइएको छ ।

बैशाखे लुवारको घरको पछाडी,निलो लुवारको आंगन, लोक बहादुर बम, राज बहादुर बमको घर मकैबारीमा क्षति पुगेको छ भने नर्जन लुवारको घरको अन्नबालिमा समेत क्षति पुगेको पिडितले बताएका छन । उक्त घटनाको वडा न. २का वडाध्याक्ष करविर विकका अनुसार गएराति आएको पहिरोले घरमा सुतेका स्थानियहरु व्यतिएर ज्यान जोगाउन सफल भएकोे बताउनु भएको छ ।

धमालिको पहिरो प्रति पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले दुःख व्यक्त गर्दै बाढिपिडितको व्यवस्थापनका लागि निर्देशन दिएको बताउनु भएको छ ।

यसै गरी नरहरिनाथको डिकेमा पहिरोले घर पुरिदा नरहरिनाथ १ कोटबाडाका नरबहादुर विष्ट सहित उनका नाति समेत घाईते हुंदा उपचारका लागि हेलि कप्टर मार्फत उद्धार गरिएको बताइएको छ । गए राति महावैमा ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

यस अघि कालीकोटमा दुई दर्जन बढिको बाढिका कारण ज्यान गैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित