प्रहरीका डिआईजीमा कोरोना,देशभर संक्रमित प्रहरीको संख्या ६सय पुग्यो

7
SHARES
15
VIEWS

काठमाडौै । नेपाल प्रहरीका दुई जना नायव महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रहरी प्रवक्ता, एसएसपी कुबेर कडायतका अनुसार संक्रमण पुष्टि भएका दुवै डीआईजी महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत छन्। प्राविधिकतर्फका दुई डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिंदै कडायतले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको हिमालखबरलाई बताए।

हालसम्म प्रहरीमा कोरोना संक्रमण हुने डीआईजी सबभन्दा माथिल्लो दर्जाका अधिकृत हुन्।

कोरोना संक्रमणको महामारी विरुद्ध अग्रभागमा खटिएका प्रहरीमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, अहिलेसम्म देशभर ६२० जना प्रहरीमा कोरोना संक्रमण भइसकेको छ।

प्रहरी प्रधान कार्यालयभित्र नै अहिलेसम्म १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २४० जना संक्रमणमुक्त भइसकेको र बाँकी ३८० जना उपचाररत रहेको प्रहरी प्रवक्ता कडायतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित