दोरम्भा हत्याकान्ड्को १७ वर्ष,पिडितले पाएन न्याय

7
SHARES
15
VIEWS

रामेछाप  । नेपालमा चलेको जनयुद्धका समयमा तत्कालिन सत्ता र  बिद्रोहि नेकपा(माओवादी )बिच युद्धबिराम भइ वार्ता प्रक्रिया चलिरहेकाे बेलामा निशस्त्र रुपमा रहेका २२ जना नेता कार्यकर्तालाई रामेछापकाे दाेरम्बामा गिरफ्तार गरि तत्कालिन शाहि सेनाले २०६० साउन ३२ गते सामुहिक हत्या गरेकाे थियो । तत्कालीन सरकारले वार्ताको नाममा जनदमन बढाउन थाले पछि दोर्सो चरणको युद्ध बिराम भङ्ग भयको थियो ।

दोरम्बा  हत्या काण्ड्मा मारिएका रामेछाप जनसरकार प्रमुख बाबुराम लामा,अम्बिका दाहाल,बिस्नुमाया मगर,रबिन चौहान,टेक थापा,ठुलाराम तामाङ ,चतुरमान थामी,सानाराम तामाङ ,हर्क घिसिङ ,लक्ष्मण तामाङ लगायत २२ जनालाइ दोरम्बामा नियन्त्रण लिइ दोहोरो मुडभेटको बहानामा हत्या गरिएको थियो ।सो घटनाले बिश्वभर राज्यको आलोचना भयको थियो । अहिले सम्म सो घटनाका पिडक बिरुद्ध कुनै आवाज उठेको छैन ।

आज दोरम्बा सहिद स्मृति प्रतिस्ठानले कार्यक्रम गरि सहिदको सम्झना गर्नुका साथै सहिद परिवारलाई सम्मान गरेको छ । जनयुद्धका समयमा देशमा   राज्य द्वारा आतंक,दमन र  ज्यादतीका कारण कयौं को ज्यान गयको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित