११ बुदे जवाफ : पलांतामा लक्ष्मण बमले नेकपालाई दिएको स्पष्टिकरण

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय सरकार र नेकपा पलांतामा भएको विवाद एक पछि अर्काे आरोप प्रत्यारोपका बावजुद अहिले समस्या “ज्यु को त्यु” कायमै रहेको छ । दुबै पक्ष आ आफ्नो दावि गर्दै आएका छन। जेष्ठ अन्तिम साता भएको झडप पछि नेकपा पलांताले गाउँ पालिका अध्यक्ष लक्ष्मण बमलाई लगाएको ११ बुद्धे आरोपको खण्डन गर्दै अषाढ ६ गते अध्यक्ष लक्ष्मण बमले दिएको स्पष्टिकरणमा निम्नानुसार उल्लेख गरिएको छ । रातो कलम द्धारा हस्ताक्षर गरिएको खण्डन जस्ताको त्यस्तै :
बुदा न.  १  : मा पार्टीको निर्णय मान्नु पर्ने भन्ने विषयलाई पार्टी सदस्य भएकाले पार्टीको निर्देशनमा मेरो कन्जुस्याइ गर्ने छैन तर सत्ता संचालनको प्रक्रियामा सार्वजनिक पदिय दायित्वलाई कायम गर्न केही अपुग्ता सोच्न र बुझ्नु पर्दछ भनिएको छ ।
बुदा न. २ : गाउँ पालिकाको केन्द्र लोडेज्युलाबाट भवन निर्माण पछि काम काज गर्न ट्रस र पक्कि भवनको शुरुवात गर्ने भनिए पनि गाउँ सभाको बन्द शत्रका निर्णय साउन १ गते लोडेज्युलामा गएर सार्वजनिक गर्ने र ट्रसको उद्घाटन गर्ने भन्ने दिनमा कालो दिन घोषणा गरेर आलटाल गरे वेवास्ता गरेका अध्यक्ष लक्ष्मण बमले उक्त ठाउँमा केन्द्र बनेमा सडक अबरुद्ध गर्ने थिर्पुका स्थानियले दवाव दिएपछि लोडेज्युला ओझेलमा परेको छ ।
बुदा न.३ : १५ सैयाको अस्पताल साविकका तिन वटा गाविसको पाएक पर्ने ठाउँमा हुनु पर्ने सन्र्दभमा पलांता ९मा रहेको स्वस्थ्य चौकी भनि तोकि आएको तथा मन्त्रिपरिषदबाट निर्णय भएको, जग्गा स्वस्थ्य चौकीको नाममा नामसारी गरिएकाले उक्त माग सम्बोधन नगर्ने दावि गरिएको छ । तर जग्गा अपुग भएपछि भवन डिभिजन कार्यालय जुम्लाले उल्लेख गरेपछि अहिले कामको प्रक्रिया अगाडी बढ्न सकेको छैन ।
बुदा न.  ४ : गाउँ पालिकाले पास गरेको योजनाको बजेट खर्च गर्नु पर्ने भन्ने सन्दर्भमा अध्यक्ष लक्ष्मण बमले नयां आर्थिक वर्ष,नयां बजेट र नयाँ योजनामै खर्च कानुनि आधारमा टिकेर गरेको दावि गरेका छन ।
बुदा न. ५ : पलांता निर्माण कार्यदल अध्यक्ष लक्ष्मण बमका निजि सेनाका रुपमा अनियमित परिचालन भएकाले केही पुनरसंचरना गर्नु पर्ने भनिएकोमा विगठन भन्दा पार्टी र सरकारको हितमा हुने गरी थप व्यवस्थित र सुदृढ हुने गरी लैजाने जानकारी गराउछु भनेर स्पष्टिकरण दिएका अध्यक्ष लक्ष्मण बमले ठिक त्यसको विपरित पार्टीका कारण साउन १ गते कार्यदल सहित अन्य करारमा रहेका कर्मचारीलाई विगठन गरेको घोषणा गरेका थिए ।
बुदा न. ६ र ७ :अबैधानिक र अराजक कर्मचारी विगठन र पुनरवहालिका बारेमा सरकारको गोपिनियता, अनुशासन, क्रियसिलता र दक्षताको आधारमा कानुनि प्रक्रियामा टिकेर विगठन र पुनरगठनमा सरकार प्रतिवद्ध छ भनिएको छ तर आफ्नै घरमा कार्यालय राखेका अध्यक्ष लक्ष्मण बमले आफै भान्से राख्न निर्णय गरेका छन । निर्णय न. ५मा अध्यक्षको कार्यकक्षमा १ जना सहयोगि र १ जना भान्से भनेर निर्णय गरिएको छ । अन्य शिक्षा शाखा लगाएतमा विना कारण आरोपित बनाई विभिन्न हटाइएका कर्मचारीहरुको बारेमा पुनरवहालि गरेका छैनन ।
बुदा न. ८ : उपभोक्ता समिति गठन वडा र भुगोलका आधारमा गठन गरी वडाको प्रत्यक्ष संलग्नतामा हुने गरेकाले सोही अनुसार हुने स्पष्टिकरण दिएको भएपनि आफैले डोजर प्रयोग गरी स्थानिय समुदायलाई जानकारी नगरी धमाधम सडक विस्तार गर्न आफै अध्यक्ष लक्ष्मण बमको डोजरहरु प्रयोग गरी सक्रिय हुने गरेका छन ।
बुदा न. ९ : जनप्रतिनिधिहरु विचमा असमान व्यवहार गरेको तर आगामी दिनमा जनप्रतिनिधि र कर्मचारीको असल अभिभावकको भुमिका निर्वाह गर्न विश्वास दिलाएका छन । व्यवहारमा त्यसो नभएको जनप्रतिनिधिहरुको अभिव्यक्ति गर्दै आएका छन ।
बुदा न. १० :ओदि रांफडांडा अन्तर प्रदेश रोड राष्ट्रिय योजना आयोगले सर्बे गरे अनुसार निर्माण गर्ने बताए पनि सोही सडकमा गाउँ पालिकाले सडक विस्तार गर्न थालिएको छ ।
बुदा न. ११ : माथि उल्लेखित बुंद्धाहरु दुबै पक्षबाट गल्ति कमजोरीलाई जनताको घर दैलोमा पुगि स्पष्ट पार्ने त्यसका लागि धौलागोहको राडुनेटा,खिनको नेटा र थिर्पुको थिर्पुमा जनभेला गर्दै छर्लगं पारेर रुपान्तरण हुने भनिए पनि अषाढ मसान्तमा गाउँ सभालाई सफल पार्न अध्यक्ष लक्ष्मण बमले सहमति भएको तर न त कुनै जनसभा भए न त कुनै जनतालाई स्पष्ट पार्ने काम भयो । उल्टै पार्टीका कारण आफुले रोजगारीबाट हटाउन बाध्य भएको घोषणा गरेर विवाद सृजना गरेका अध्यक्ष लक्ष्मण बमले एक महिना भित्र भएका सहमति माथि लात हानेको विश्लेषकहरुको भनाई रहेको छ । अन्तमा उनले पलांतामा भएको पार्टी संरचना निर्माण गर्दा दर्ज भएको असहमतिको न्यायक ढंगले सोच्नु पर्ने र आफु माथि लागेको भष्टाचारको कानुनि र सामाजिक हिसावले आफु माथिको अविश्वासको खाडल पुर्न जिल्ल पार्टीले न्यायाचित भुमिका खेल्न अनुरोध गरेका छन ।
जिल्ला पार्टीलाई स्पष्टिकरणका क्रममा जिल्लाको बैठकमा भने आफुले तिन पुस्ता सम्म सम्पति आर्जन गरेको उल्लेख गर्दै ४ करोड आफु माथि ऋण रहेको तर्क गरेर आफै विवादमा तानिएका छन ।
जनताका पक्षमा काम थोरै गर्ने तर सामाजिक संजालमा हगांमा गरेर भाइरल बनाउदै आएका लक्ष्मण बमले पलांतालाई देखावटि ललिपप लगाइ खोक्रो बनाएको स्थानियको आरोप रहेको छ । उनले पलांति जनतालाई केही समय पहिले कुइयाको पानि खाने भने नामर्द भनेर विवादमा तानिएका थिए भने पलांताका वस्तिमा अध्यक्ष बमका विरुद्ध आन्दोलन हुन थाले पछि मत्थर पार्न भारतबाट आएका नागरिकहरुलाई आफ्नै घरमा क्वारेन्टाइन बनाउने घोषणा गरेर घाटाचौरको खुल्ला चौरमा राखेर हरिविजोग बनाएपछि झनै विवादितमा तानिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित