पचालझरनामा तिजको सट्टा महिला शसक्तिकरण कार्यक्रम गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पचालझरना गाउँ पालिकामा कोभिड १९ कोरोना रोकथाम तथा नियन्त्रण गर्न तिज विशेष कार्यक्रमको सट्टा महिला शसक्तिकरणका कार्यक्रम गरिने भएको छ ।

पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौडेल द्धारा हस्ताक्षरित सुचनामा तिज विशेष कार्यक्रम स्थगित गरिएको र सो कार्यक्रमलाई महिलाहरुमा महिनावारी तथा सरसफाई सम्बन्धि कार्यक्रम गर्नुका साथै सुत्केरी गर्भवति,छाउपडि तथा सरसफाई सम्बन्धि कार्यक्रम गरिने जनाइएको छ । उक्त सुचनामा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णय अनुसार पचालझरना गाउँ पालिकामा कुनै पनि जमघटका कार्यक्रमहरु धार्मिक चाड पर्व,जात्रा मेला,भोज भतेर जस्ता कार्यक्रमहरु अर्काे सुचना नभए सम्म स्थगित गरिएको बताइएको छ ।

यस अघि कोरोना रोकथाम गर्न पचालझरना गाउँ पालिकामा रेडक्रस सोसाइटि लगाएतका निकाय र स्थानिय सरकार विचमा सचेतना मुलक कार्यक्रम गर्दै आएको थियो ।

कालीकोटमा जिल्ला स्तरमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु गरिए लगत्तै संकट व्यवस्थापन समितिले गृह मन्त्रालयको निर्देशनमा कोरोना रोकथाम नियन्त्रण गर्न ४ वटा नियन्त्रण गर्ने निणर्य गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित