पचालझरनाको पहलमा भत्किएको सडक मर्मत कार्य शुरु

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पचालझरना गाउँ पालिकाको पहलमा बाढिपहिरोबाट क्षति ग्रस्त सडकको काम शुरु गरेको छ ।

पचालझरना गाउँ पालिका र रास्कोट नगरपालिकाको सिमानामा पर्ने पुगाड देखि पलांता गाउँपालिका सम्मको सडक मर्मतको काम शुरु गरिएको पचालझरना गाउँ पालिकाले जनाएको छ । पचालझरना गाउँ पालिका कार्यवाहक अध्यक्ष लोकजंँग कठायतका अनुसार फुगाढ देखि पलांताको घाटाचौर सम्म सडक मर्मत गरिने बताउनु भएको छ । पचालझरना गाउँ पालिकाको लाफा पुल देखि फुगाड सम्म काम शुरुवात गरिएको कावा अध्यक्ष कठायतले बताउनु भएको छ ।

 

लगातार डोजर लगाएर काम भइरहेको छ काम गर्दा गर्दै पुन पहिरो आउने क्रम जारी रहेकोले काम गर्न कठिन भएको बताउनु भएको छ काम गरेको ठाउँमा पहिरो नआउने हो भने बढिको ५ दिन भित्र सडक मर्मतको काम सम्पन्न हुने बताउदै पुलको पहल भयो भने सडकमा आवत जावतका लागि सहज हुने बताइएको छ । यस अघि रास्कोट नगरपालिकाले आफैले डोजर चलाएर सडक मर्मतको काम शुरु भएको र जिपहरु संचालनमा आएका छन ।

रेंगिल देखि शान्तिघाट सम्मको काम पनि शुरुवात गर्न लागिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित