पचालझरनाको पहलमा फुगाढ खोला सम्म सडक सुचारु

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको पहलमा शुरु भएको अबरुद्ध सडकको मर्मत कार्य आज फुगाढ सम्म पुगेको छ ।

गएको साउन दोस्रो साता आएको बाढिका कारण अबरुद्ध कर्नालि करिडोरको लालिघाट देखि पलांताको घाटाचौर सम्म ठाउँ ठाउँमा पहिरो गएपछि कामको थालनि गरिएको थियो ।

पचालझरना गाउँ पालिकाका कार्यवाहक अध्यक्ष लोकजंग कठायतका अनुसार लाफा देखि फुगाढ सम्मको बाटो मर्मतको काम शुरु गरिएको बताएका छन । उनले आफुहरुले तेल हालेर डोजरलाई प्रतिघण्टा ६ हजारमा काम शुरु गरिएको बताउदै पचालझरना गाउँ पालिकाबाट पलांता सम्म पुग्ने घाटाचौरको सडक मर्मत गर्ने समेत बताउनु भयो ।

लगातारको काम पछि आज फुगाढ खोला सम्म डोजरले काम सम्पन्न गरेको र लाफा देखि घाटाचौर सम्मको काम थालनि हुने पचालझरना गाउँ पालिकाले जनाएको छ । अहिले शान्तिघाट देखि फुगाढ सम्म जिपहरु संचालनमा आएका छन भने पलांताको घाटाचौर सम्म मोटरसाइकल संचालनमा आएको बताइएको छ ।

सडक मर्मतको पचालझरना गाउँ पालिका र पलांता गाउँ पालिकाको सयुंक्त लगानि हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित