पचालझरनामा बन्द विद्युत सुचारु

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पचालझरना गाउँ पालिकाको एक मात्र जलविद्युत आयोजना आज देखि सुचारु भएको छ । गएको साउन ४ गते आएको बाढि पहिरोका कारण बन्द भएको विद्युत लगातारको काम पछि आज संचालनमा आएको हो ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले अबरुद्ध विद्युतको स्थलगत निरिक्षण पछि कामको थालनि भएको थियो । लाफागाढ जल बिद्युत उपभोक्ता समितिका अध्यक्ष विष्णलाल न्यौपानेका अनुसार दुइ ठाउँमा गएको पहिरोले एक सय मिटर नहर भत्काएकोमा दिन रात नभनि काम शुरु गरेर बल्ल तल्ल आज विद्युत सुचारु गरेको बताउनु भएको छ । वहांका अनुसार विद्युतको समान ल्याउन पनि केही समय लागेको र नहर मर्मत गर्न पनि त्यतिकै समय लाग्दा एक महिना सम्म पचालझरना  गाउँ पालिकाका वडा न. २,३,४ र ८का समुदायहरु अध्यारोमा बस्न बाध्य भएका थिए भने पचालझरना गाउँ पालिकाका दैनिक काम कार्वाहीहरुमा पनि कठिनाइ हुंदै आएको थियो ।

पचालझरना गाउँपालिकाका अनुसार विद्युत सुचारु भएमा बैंकका साथै अन्य काम कार्वाही गर्न सहज हुने बताइएको छ । लाफागाढ जनविद्युतबाट ८५ किलोवाट क्षमता उत्पादन भएको र सो विद्युत ६ सय घरधुरीलाई पुग्ने उपभोक्ता समितिका अध्यक्ष न्यौपानेले बताएका छन । बाढिका कारण भोलिका दिनमा जे भएपनि आज सम्म काम राम्रै गरेका छौं अध्यक्ष न्यौपानेको भनाई रहेको छ ।

पचालझरना गाउँ पालिकामा विद्युत सुचारु भएकोमा काम खट्ने सबैलाई धन्यावाद दिदै पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पचालझरनामा विद्युत बाट हुने कामहरु संचालनमा आउने र समुदायलाई ठुलो राहत हुने बताउनु भएको छ ।
जिल्लामा एक मात्र पोतमारा जलविद्युत आयोजनाको नहर भत्किदा जिल्ला भर अन्धकार छाएपछि डिजेल प्लान्ट मार्फत दिनको ४ घण्टा बैकल्पिक माध्यमबाट विद्युत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित