सहिदको सम्मान : पचालझरनाको उदाहरिणय काम (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पचालझरना गाउँ पालिकाले जनयुद्धका सहिदहरुको सम्झनामा गाउँपािलकामा सालिक निर्माण गरेको छ ।

आर्थिक वर्ष २०७६मा पचालझरनाको १५ लाख र कर्नालि प्रदेश सरकारको २५ लाख गरी ४० लाख र श्रमदान १५ लाख गरी ५५ लाखमा १३ जना जनयुद्धका सहिदहरुको सालिक बनाउने काम सम्पन्न भएको पचालझरना गाउँ पालिका उपाध्याक्ष तारा न्यौपानेले बताउनु भएको छ । वहांका अनुसार चालु वर्ष सहिद पार्कलाई थप व्यवस्थित गरिने बताउनु भएको छ ।

जिल्लामा सबै भन्दा पहिलो पटक जनयुद्धका सहिदहरुको सम्झनामा पार्क बनाउने पचालझरना गाउँ पालिका रहेको छ । सहिद पार्कमा वडा न. १ देखि ९ सम्मका जनयुद्धमा शहादत गर्ने १ जना सहिदहरुको परिचय खुल्ने विवरण सहितको सालिक बनाइएको छ । पछिल्लो भागमा १२ जना सहिदहरुको अर्धकदमा क्रमस वडा न. १ देखि शुरु गरिएको छ भने अघिल्लो भागमा हर्ष बहादुर शाही (प्रभात)को पूर्ण सालिक बनाइएको छ ।

तत्कालिन समयमा नेकपा(माओवादी)का जनसांस्कृति महासंघका केन्द्रिय सदस्य तथा सेति महाकालि क्षेत्रका इन्चार्जको जिम्मेवारी बहन गर्दै सांस्कृतिक कर्मि शाहीलाई कैलालिको लम्किमा आफन्तको घरमा बसेको अवस्थामा सुराकीका आधारमा तत्कालिन शाही सेनाले  हत्या गरेका थिए । सोही अनुसार अन्य सहिदहरुको पूर्ण विवरण तयार गरिएको छ ।

पचालझरना गाउँ पालिकामा ४६ जना सहिदहरु रहेका छन । पचालझरना गाउँ पालिकाले वडा न. ३ को खार्दुमा सहिद पार्क बनाइ सालिक बनाउने पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाको वडा न. ९ स्थित भुराबगरमा ३ विगाह भन्दा ठुलो जमिनमा व्यवस्थित सौचालय,सहिद पार्कको नजिक प्रतिक्षालय र बारिह पट्टि १ दशमलव ८० फिट अग्लो सिमेन्टको पर्खाल र त्यस माथि जालि लगाइ व्यवस्थित गरिएको सहिद पार्क कर्नालि करिडोरको काखमा रहेको छ आगन्तुक तथा पर्यटकहरुले एक पटक हेरेर जानै पर्ने मनमोहक पर्यटकिय क्षेत्रका रुपमा रहेको सहिद पार्कको काखमा कर्नालि नदि सललल बगिरहेको छ ।

त्यसको नजिकमा पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षा रहेको छ ।पचालझरना गाउँ पालिकामा नेपालको ३ सय ८१ मिटर अग्लो पचालझरना प्रवेश गर्ने लाफा गाउँ पर्दछ ।

सालिक बनाइएका सहिदहरु
वडा न.१. पदम खड्का (संजय)
वडा न. २.जिवन वि क(जिवन)
वडा न. ३.विरवल
वडा न. ४ .कुम्भ बोगटी
वडा न. ५.सोषित
वडा न. ६.मातृका
वडा न. ७ हरियालि
वडा न. ८ लालिगुरांस
वडा न. ९ कुशल
वडा न. ९ विना शाही
वडा न. ९.पंख बहादुर शाही
वडा न. ९.केशव
वडा न. ९.हर्ष बहादुर शाही (प्रभात)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित