कालिकोटमा निशेधाज्ञ ३ दिन थप

7
SHARES
15
VIEWS

कालिकोट । कोभिड १९को प्रकोप बढ्न थालेपछि ५ दिन सम्म गरिएको निशेधाज्ञलाइ ३ दिन थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटको कोभिड १९ संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले ५ गते राति १२ वजे देखि समाप्त हुने निशेधाज्ञलाई बढाउदै भाद्र १३ गते राति १२ वजे सम्म थप गरेको बताइएको छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे द्धारा हस्ताक्षरित सुचनामा भनिएको छ कोभिड १९को संक्रमण रोक्न निशेधाज्ञ ३ दिन थप गरिएको बताउदै तिलागुफाको नाग्म बजार र वडा न. १,२ र ३ वडामा भाद्र २० गते राति १२ वजे सम्म निशेधाज्ञ थप गरिएको बताइएको छ ।

सो अवधि भर निशेधाज्ञ लागु भएका क्षेत्रमा अत्यवश्यक वस्तुहरु खाद्यन्न,औषधि खरिद विक्रि,ढुवानि बाहेक अन्य व्यापार व्यवसाय र सवारिसाधन चलाउन नपाइने उल्लेख गरिएको छ । कालिकोटको नाग्ममा यस अघि ५ जनामा कोरोना संक्रमण देखिएपछि भाद्र ५ देखि १० गते सम्म निशेधाज्ञ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित