खरको छाना मुक्त हुंदै पचालझरनाको लाफा

7
SHARES
15
VIEWS

कालीकोट ।खरको छाना मुक्त गाउँ पालिका बनाउने लक्ष्यका साथ अघि बढेको पचालझरना गाउँ पालिकाका वस्तिमा खर मुक्त छाना बनाउने कामले तिव्रता आएको छ ।

पचालझरना गाउँ पालिकाले प्रत्येक वस्तिमा खरमुक्त बनाउन स्थानिय प्राविधिक मार्फत घरको स्टामेट निकाल्दै सोही अनुसार जस्तापाताका लागि बजेट व्यवस्थापन गर्दै आएको छ । सोही कार्यक्रम अन्तरगत पचालझरना गाउँ पालिकाको लाफा गाउँका ५२ घरधुरीमा खरको छाना मुक्त बनाउन स्थानिय जुटेका छन ।

अहिले सो वस्तिका एक दर्जन बढि घरमा जस्ता छाइसकेका छन भने बाँकी घरमा निर्माणको काम धमाधम हुन थालेको छ । लाफाका स्थानिय विष्णुलाल न्यौपानले पालिकाले जस्ता दिने भनेपछि घरहरु समेत बनाउन थालिएको बताए । गाउँ पालिकाले जस्ता उपलब्ध गराउने भनेपछि पुराना घरहरु भत्काउदै नयांँ संरचनाका घर लगाउन थालेको वडा न. ४का वडा सदस्य टंक न्यौपानेले बताए उनले भने पहिले आफुहरुलाई खरको छाना प्यारो लाग्ने अभिव्यक्त गरेका स्थानियहरु पछिल्लो समयमा घरनिर्माणमा जुटेको बताएका छन ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले लाफा वस्तिबाट खरको छाना मुक्त बनाउने योजना अनुसार वडा न. १ र २का वस्तिमा गाउँ घर उज्यालो र खरको छाना मुक्त अभियान अघि बढेको बताउदै आगामि वर्ष सबै वस्तिलाई खरको छाना मुक्त बनाउन लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित